Ads

Tuesday, April 4, 2017

आइफोन 8 आउँदै ? एप्पलले सामसङसँग मगायो ७ करोडवटा स्क्रिन - IPhone 8

Posted By: Samsung - 5:19 PM

डेली मेल
चैत २२ – हुन त एप्पल र सामसङ प्रतिद्वन्द्वी हुन् तर जब स्क्रिनको आपूर्तीको कुरा आउँछ, उनीहरुको सम्बन्ध मित्रवत् छ ।
आइफोन एटसम्बन्धि प्राप्त नयाँ जानकारी अनुसार कुपरटिनो कम्पनीले दक्षिण कोरियाली कम्पनीसँग ७ करोड ओलेड प्यानलको माग गरेको छ ।
उक्त भारी मागसँगै एप्पलको नयाँ फोन चाँडै नै सार्वजनिक हुनसक्ने आशंका गरिएको छ ।आइफोनको डिजाइनसँग सम्बन्धित निक्कई एशियन रिभ्युले लिक भएको उक्त जानकारी सेयर गरेको छ ।

Loading...

उक्त जनकारीमा अनुसन्धान कम्पनी आइएचएस मार्किटका वरिष्ठ निर्देशक डेभिड सिएईको भनाईसमेत उद्धृत गर्दै यस्तो लेखिएको छ, ‘एप्पलले यसवर्ष सामसङसँग ७ करोडवटा ओलेड प्यानलको माग गरेको छ । यता सामसङले भने एप्पलको माग बढ्नसक्ने भन्दै ९ करोड ५० लाखवटा प्यानल बनाउँदैछ । ’
यद्यपी, सामसङले भने निक्केई एशियन रिभ्युलाई ग्राहकको अर्डरलाई सार्वजनिक गर्न नहुने भनी यसबारे मुख खोल्न अस्विकार गरेको छ ।
अफवाहलाई विश्वास गर्ने हो भने आइफोन एटको किनारासम्मै ओलेड स्क्रिन हुनेछ । यसको टचआइडी कि त पछाडि राखिन्छ वा ग्लास मुनी ।
एप्पलले आइफोन एट परिवारमा तीन प्रकारका फोन भित्र्याउने सोच बनाइरहेको छ जसमा प्रिमियमको मूल्य १ हजार डलर ( १ लाख रुपैयाँ बढि) पर्ने बताइएको छ भने यसमा कर्भड ओलेड ५.२ इन्चको स्क्रिन हुने बताइएको छ ।अन्य दुई स्मार्टफोन ४.७ इन्च र ५.५ इन्च हुने र यसमा लिक्विड क्रिस्टल डिस्प्ले हुने बताइएको छ ।
निक्केईलाई स्रोतले दिएको जानकारी अनुसार उक्त ह्यान्डसेटमा वायरलेस चार्जिङ सिस्टम हुने छ । यदि आपूर्तीकर्ताले अत्यधिक तात्ने समस्यालाई समाधान गर्नसके उक्त प्रविधि यो फोनमार्फत सुरु गरिने पक्कापक्की भएको छ ।
साथै, यी तीनवटै फोन वाटरफ्रुप हुनेछन् । यीमध्ये एउटा फोनमा थ्रीडी सेन्सर हुने जसमा अनुहार पहिचान गर्ने प्रविधि हुने बताइएको छ ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy