मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रयासहरु सकारात्मक रहनेछन । घरायसी काममा रुची बढ्नेछ । शत्रुहरुले काममा अबरोध पुर्याउने देखिन्छ भने मन खिन्न रहनेछ ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पारिवारिक सद्भाव बढ्नेछ । साथीभाईले काममा सहयोग गर्नेछन । समाजमा बोलीको कदर हुनेछ । शत्रुले दुख दिनेछन ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
तपाइको इमान्दारिता र लगनशीलताको धेरैले प्रसंसा गर्नेछन । सामाजिक मानसम्मान मिल्नेछ । यात्रामा दुख पाउने योग रहेको छ ।
Loading...
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
लामो रमाइलो यतारको योगना बन्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । खर्च बढे पनि लगानी उचित ठाउँमा हुनेछ ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
भाग्य बलियो भएकाले धेरै कामहरु सफल हुनेछन । सोचेको आटेको कामहरु पूरा हुनेछन । बैबाहिक कुरा अगाडी बढ्नेछ ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
स्वास्थ्यमा समस्या बढ्नेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बौद्धिक काममा सफलता मिल्नेछ । ठुला व्यक्तिको सल्लाहमा गरिएको काममा प्रगति हुनेछ । लेनदेनमा विवाद उत्पन्न हुनेछ ।
वृश्चिक -(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनमा प्रगति हुनेछ । राज्यबाट मानसम्मान मिल्नेछ । साथीभाईको सहयोगमा बिबाहको कुरा अगाडी बढ्नेछ ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
सानै प्रयाशले पनि काममा ठुलो सफलता मिल्नेछ । नयाँ काम पाउने सम्भावना रहेको छ । दाम्पत्य जीबनमा खटपट आउनेछ ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
भेटघाटमा मन प्रसन्न रहनेछ । घरायसी काममा रुची बढ्नेछ । प्रयाश गरेको काममा सफलता मिल्नेछ । विश्वास गरेकाले धोका दिने देखिन्छ ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
काम गर्नें जोश, जाँगर र आत्मबल बढ्नेछ । आम्दानीका श्रोतहरु धेरै हुनेछन । बिनाकारण विवाद बढ्न सक्नेछ ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । धार्मिक काममा रुची बढ्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । साझेदारी काममा विवाद बढ्नेछ ।
Loading...


0 comments:
Post a Comment