काठमाडौँ । मुलुकमा विद्यमान समस्या समाधानका लागि स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा विभिन्न दलका नेताले जोड दिएका छन् ।
रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले राजनीतिक स्थिरताको अन्त्यका लागि संविधान कार्यान्वयन हुनुपर्ने र त्यसका लागि पनि निर्धारित समयमा चुनाव हुनुपर्ने बताए ।
नेकपा (एमाले)का नेता रघुवीर महासेठले मुलुकभित्रका आन्तरिक समस्या आपसी छलफलबाट निराकरण गर्नुपर्ने बताउँदै आवधिक निर्वाचन जनताको अधिकार भएकाले त्यसलाई रोक्न नहुने धारणा व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका नेता फरमुला मन्सुरले मधेसी मोर्चाका मागमध्ये सम्भव भएकालाई सम्बोधन गरी उनीहरुलाई पनि निर्वाचनमा सहभागी गराउनुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले तत्काल संविधान संशोधनमा बहुमत नपुग्ने भएकाले निर्वाचनपछि सो विषयलाई पारित गराउनका लागि सबै दल इमान्दार भई लाग्नुपर्नेमा जोड दिनुभयो ।
मोर्चाका नेता अनिल झाले संविधान संशोधन नभइकन मधेसीमोर्चा चुनावमा सहभागी हुन नसक्ने बताउँदै सबै दल लचिलो भई संविधान संशोधन पारित गरी चुनाव सम्पन्न गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । रासस
Loading...


0 comments:
Post a Comment