Ads

Saturday, February 11, 2017

तनहुँका लोकेन्द्र र अनिलले शंकरदेव क्याम्पसबाट स्ववियु निर्वाचनमा उमेद्वारी दिने

Posted By: Samsung - 6:48 AM



न्युजनेपाल २४
माघ २९, तनहुँ ।
यतिबेला प्रमुख राजनितीक दलका विद्यार्थी संगठनहरु त्रिभुवन विश्वविद्यालयले  फागुन १४ गते गर्नेे स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु)  निर्वाचमा जुटिरहेका छन् । कतिपयले आ–आफ्नो उमेद्वारी पनि घोषणा गरिरहेका छन् ।   यसैक्रममा काठमाण्डौको शंकरदेव क्याम्पसबाट तनहुँका दुई विद्यर्थीले उमेद्वारी  दिने भएका छन् । 
स्रोतले दिएको जानकारी अनुसार तनहुँ राईपुरका लोकेन्द्र थापा र भानुमतिका अनिल तिवारीले उम्मेद्वारी दिन लागेको बुझिएको छ । उनिहरु नेपाल विद्यार्थी संघ तनहुँका सदस्य समेत रहेका छन् । 
विद्यार्थी राजनितीको मुख्य थलाको रुपमा चिनिदै आएको शंकरदेव क्याम्पसमा अहिले उनिहरुको निकै चर्चा छ  ।
टिकट पाउने निश्चित जस्तै भएपछि अहिले  दवैजना विद्यार्थीहरु आफ्नो पक्षमा जुटाउन कसरत गरिरहेका छन् ।  
विद्यार्थी राजनितीमा निकै संघर्ष गरेका थापा स्कुले जिवनमा नेवि संघ मंगोलदय मावि ईकाईका सभापति समेत भईसकेका थिए । उनी अहिले नेवि संघ तनहुँको सदस्य तथा महाधिबेशन प्रतिनिधि र  नेपाली कांग्रेस तनहुँ क्षेत्र ३ का क्षेत्रिय प्रतिनिधि हुन् । 

त्यस्तै भानुमतिका तिवारी भने नेवि संघका  लोकप्रिय विद्यार्थीहरुको श्रेणीमा पर्दछन् । उनी पार्टी तथा नेपाली काँग्रेस निकट भातृ संस्थाहरुको बारेमा लेख्ने लेखका कारण विद्यार्थीहरुका माझ प्रिय छन् । तिवारी नेपाल विद्यार्थी संघको एघारौँ महाधिबेशनका प्रतिनिधि समेत हुन् । स्रोतका अनुसार  तिवारीलाई स्ववियु निर्वाचनमा उमेद्वार बनाउन पार्टीका शिर्षस्थ नेताहरुले पनि चासो देखाएको बुझिएको छ । 

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy