Ads

Saturday, February 11, 2017

यी हुन् त्रि.वि. केन्द्रिय क्याम्पस कीर्तिपुरमा अनेरास्ववियूका तर्फबाट सभापतिका दाबेदारहरु

Posted By: Samsung - 8:26 AM

माघ २९, तनहुँ । विगत ८ वर्षदेखि हुन नसकिरहेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन कार्यतालिका त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेसँगै त्रि.वि.का विभिन्न आङ्गिक क्याम्पसहरु तथा केन्द्रिय क्याम्पस कीर्तिपुरमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । 
करिब ३ वर्ष अघिदेखि सेमेष्टर प्रणालीमा मात्र पठनपाठन गराइरहेको केन्द्रिय क्याम्पस कीर्तिपुरमा उमेर हदबन्दीका कारण पुरानो पुस्ताका धेरै सम्भावित उम्मेदवारहरु उम्मेदवारीबाट बञ्चित भएका छन् भने नयाँ पुस्ताका थुप्रै उम्मेदवारहरु स्ववियू सभापतिमा आ–आफ्नो दावी गरिरहेका छन् । केन्द्रिय क्याम्पस कीर्तिपुरमा अनेरास्ववियुका तर्फबाट सभापतिको दाबेदारको रुपमा बद्री तिवारी, सञ्जय कार्की, हरिलाल भट्टराईहरुको नाम अग्रणी स्थानमा छ । 
अनेरास्ववियूको भुगोलमा, क्षेत्रमा र आन्दोलनको अग्रमोर्चामा सशक्त रुपमा निर्णायक भुमिका निर्वाह गरेका सक्षम विद्यार्थी नेताहरु उल्लेख्य रुपमा रहेको हुँदा संगठनलाई नै नेतृत्व चयनमा हम्मेहम्मे पर्नुका कारणले त्रिभुवन विद्यालयमा अनेरास्ववियुले आधिकारिक रुपमा सभापतिको उम्मेदवार घोषणा गर्न सकेको छैन ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy