न्यूजनेपाल २४
फागुन ७, दुलेगौडा ।
छब्दी माविले ६७ औँ बार्षिकोत्सव एवंम अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ । शनिबार शुक्लागण्डकी नगरपलिका १४ छब्दी स्थित विद्यालयको प्राङगणमा एक भव्य कार्यक्रममका बिच बार्षिकोत्सव मनाईएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी ईन्जिनियर डा.फत्त बहादुर थापाले मेहनत र नियमीतताले बिद्यार्थीहरु सफल हुने बताउनुभयो । साथै उहाँले अब विद्यालयले समय सापेक्ष शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
पुर्व भन्सार अधिकृत पहल थापाले विद्यालय स्थापनाका निम्ति सहयोग पुप्याउनेहरुलाई बिर्सन नहुने उल्लेख गर्दै विधुत्तिय हाजिर मेशिन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
फिरफिरे स्रोेत केन्द्रका स्रोत व्यक्ति विश्वकुमार श्रेष्ठले भन्नुभयो – “अभिभावकहरु शैक्षिक गुणस्तरका लागी भौतरीरहेका छन तर घरछेउमै रहेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न सके भौतारीनु पर्दैन ।”
नेपाली कांग्रेस शुक्लागण्डकी नगर सभापति माधव भट्टराईले शैक्षिक गुणस्तरका निम्ती शिक्षा नितीमा आमुल परिवर्तनको खाँचो रहेको औल्याउनुभयो ।
सो अवसरमा नेकपा माओवादी केन्द्रका चेतनारायण पौडल, नयाँ शक्ति नेपालका गोविन्द भट्टराई, नेपाली कांग्रेसका महेश्वर भट्टराई,नेकपा एमाले एवंम आधरभूत माविका अध्यक्ष थमन आले,पुर्व शिक्षक याम बहादुर खाँण, विद्यालय व्यवस्थापन समितिका सदस्य खड्क बिक्रम खाँण, शिक्षक अभिभावक संघका धन बहादुर थापा, पुर्व विद्यालय व्यबस्थापन समितकिा प्रेमनारायण पौडेल, पुर्व विद्यार्थी बिनोद ढुंगाना, सामुदायिक मेलमिलाप केन्द्रका दुर्गा बहादुर महत अभिभावकहरुको तर्फबाट दल बहादुर थापा, जित बहादुर बराल, तेजेन्द्र खाँण लगायतले बोल्नुभएको थियो ।
साथै उक्त अवसरमा विद्यालयमा अध्ययन गरि २०६८ सालमा एलएलसि उर्तिण गरेका विद्यार्थीहरुले विगत साढे दुई दशकदेखि विद्यार्थीहरुको उज्जवल भबिष्य निर्माणका लागी अनवरत रुपमा लागी परेको भन्दै शिक्षक दुर्गादत्त भट्टराईलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
विद्यालयका प्रधानध्यापक यज्ञ प्रसाद सिग्देलले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत साहयक प्रधानध्यापक शेर बहादुर थापाले र सञ्चालन हुम बहादुर खड्काले गर्नुभएको थियो ।
विद्यालयमा फर्निर खरिद गर्न शिक्षक हुम बहादुर खड्काको नेतृत्वमा सामाजिक सञ्जाल फेसबुकमा बाट चलाईएको अभियानमा संकलन भएको सहयोगको आयव्याय पनि सार्वजनिक गरियो । कार्यक्रममा विद्यार्थीहरुले गित संगीत र नृत्य प्रस्तुत गरेका थिए ।


0 comments:
Post a Comment