Ads

Tuesday, January 17, 2017

स्थानीय चुनाव दुई वा तीन चरणमा गरौं: प्रमुख आयुक्त

Posted By: Samsung - 1:42 AM

४ माघ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै ऐन/कानूनहरु दिएमात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन् ।

उनले अब चैतमा चुनाव हुन नसक्ने बताए । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा. यादवले भने, ‘वैशाख २८/२९ गते निर्वाचन सुरु गर्ने हो भने जेठको पहिलो हप्तासम्म निर्वाचन सम्पन्न गर्न सकिन्छ ।’

उनका अनुसार निर्वाचन आयोगले अहिले पूरानै ऐन तथा कानूनहरु अनुसार काम गरिरहेको छ । मतदाता नामावली संकलन, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतपरिणाम, मतपेटिका, मसलदन्द, मानव संशोधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको बताए ।

प्रमुख आयुक्त यादवले स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्ने प्रस्ताव समेत अघि सारेका छन् । उनले भने, ‘दुई वा तीन चरणमा गर्नुपर्छ, त्यसको लागि सुरक्षा निकायहरुसँग समन्वय गर्नुपर्छ ।’

दलीय सहमति वा रानीतिक समझदारी भए प्रतिनिधि सभाको निर्वाचन पनि गर्न आयोग तयार रहेको उनले स्पष्ट पारे ।

डा. यादवले भने, ‘निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुनुपर्छ, आयोगले प्रतिवेदन दियो भने र १६५ वटै निर्वाचन क्षेत्र निर्धारण भएर अघि बढियो भने आयोगलाई आपत्ति छैन ।’

पहिले प्रदेश वा प्रतिनिधि सभाको निर्वाचन गर्ने हो भने पनि सम्भव रहेको उनले बताए । दुवै निकायको चुनाव एकैचोटि गर्न सभव भएपनि प्राविधिक रुपमा समस्या हुने उनको भनाइ थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस


Loading...


Chat Conve

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy