Ads

Monday, January 16, 2017

क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या

Posted By: Samsung - 8:30 PM

बैतडी, ४ माघ । जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । चिसो बढेसँगै बसोबास तथा उपचारमा समस्या भएको हो । २५ जनाको क्षमता रहेको कारागारमा ४७ कैदी र एक थुनुवा गरी ४८ जना कैदीबन्दी हुँदा बस्न समस्या भएको जेलर अनिल तिवारी बताउनुभयो । 

विसं २०४२ सालमा निर्माण गरिएको कारागार अहिले जीर्ण हुँदै गइरहेकोे छ । हिउँदको बेला जाडो र पानी परेको बेला चुहिने भएकाले छानोमा त्रिपाल हालेर बस्ने गरिएको छ । यस्तै, कारागारमा खानेपानी नहँुदा झनै समस्या भएको जेलर तिवारीले बताउनुभयो । कारागारमा क्षमताभन्दा बढी कैदी भएकाले उपचारका लागि पनि उत्तिकै समस्या भएको छ । 

कारागारमा एकजना अहेवको दरबन्दी भए पनि हाल उक्त दरबन्दी रिक्त हँुदा उपचारमा समस्या भएको हो । हिउँदको समयमा चिसोका कारण रुघाखोकीलगायत अन्य बिरामी पर्ने भए पनि औषधि नभएको बताइएको छ । 

कारागारमा २५ जनाका लागि मात्रै औषधि उपचार खर्च हुने भएकाले क्षमताभन्दा दोब्बर कैदी हँुदा नपुग्ने गरेको जेलर तिवारीले बताउनुभयो । रासस

भिडियो हेर्न तल क्लिक गर्नुहोस


Loading...


About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy