Ads

Tuesday, January 17, 2017

नेयमार युरोपकै महंगा खेलाडी, रोनाल्डो कति औं स्थानमा ?

Posted By: Samsung - 3:38 AM

३ माघ, काठमाडौं । युरोपमा बार्सिलोनाका स्ट्राइकर नेयमार सबैभन्दा महंगा खेलाडी भएको एक अध्ययनले देखाएको छ ।


उनी टिममेट लिओनल मेस्सी भन्दा पनि अगाडि छन् । सीआईइएस फुटबल अब्जरभेटरीले तयार पारेको मूल्यवान १० फुटबलरको सूचीमा नेयमार करिव २१६ मिलियन पाउण्डका साथ शीर्ष स्थानमा छन् ।

१४९ मिलियन पाउण्डका साथमा अर्जेन्टिनी स्टार मेस्सी दोस्रो स्थानमा छन् भने रियल मडि्रडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो १११ मिलियन पाउण्डका साथमा सातौं स्थानमा छन् ।

शीर्ष १० को सूचीमा इंग्लिस खेलाडी एक मात्र छन् । टोटनहृयामका हृयारी केन यो सूचीमा परेका छन् । तेस्रो नम्बरमा पल पोग्बा, चौथो नम्बरमा एन्टोनी ग्रिजम्यान, पाँचौं नम्बरमा लुइस स्वरेज छन् ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy