आजको राशिफल (२०७३ माघ ०९ गते आइतबार/२०१७ जनवरी २२)
आज वि.सं. २०७३ माघ ०९ गते आइतबार तदनुसार ई. सं. २०१७ जनवरी २२ तारिख
आजको मूहुर्त : शुभविवाह, अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी,
माघ कृष्णपक्षको दशमी तिथि, बेलुका १०:१८ बजेसम्म, त्यसपछि एकादशी तिथि,
विशाखा नक्षत्र, दिउँसो ११:४८ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र,
भोलिको चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त),
गण्ड योग, दिउँसो ०३:१३ बजेसम्म, त्यसपछि बृद्धि योग,
सुरुमा वणिज करण बिहान ०९:१२ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण बेलुका १०:१८ बजेसम्म, अन्तिममा बब करण,
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:३४ बजे
आजको राहुकाल, यमघण्ट र गुलिककाल :–
राहुकाल : साँझ ०४:१५ देखि ०५:३४ सम्म
यमघण्ट काल : दिउँसो १२:१६ देखि ०१:३५ सम्म
गुलिककाल : दिउँसो ०२:५५ देखि ०४:१५ सम्म
आजको बारबेला :–
उद्वेग वारवेला : सूर्योदयपूर्व ०६:५७ देखि ०८:१७ सम्म, साँझ ०४:१४ देखि ०७:१५ सम्म र मध्यरात्रीपछि ०५:१७ देखि ०६:५७ सम्म
शुभ वारवेला : दिउँसो ०१:३५ देखि ०२:५५ सम्म र बेलुका ०७:१५ देखि ०८:५५ सम्म
अमृत वारवेला : दिउँसो १०:५६ देखि १२:१६ सम्म र बेलुका ०८:५५ देखि १०:३५ सम्म
चर वारवेला : बिहान ०८:१७ देखि ०९:३६ सम्म र बेलुका १०:३५ देखि १२:१६ सम्म
रोग वारवेला : दिउँसो ०२:५५ देखि ०४:१५ सम्म र मध्यरात्रीपछि १२:१६ देखि ०१:५६ सम्म
काल वारवेला : दिउँसो १२:१६ देखि ०१:३५ सम्म र मध्यरात्रीपछि ०१:५६ देखि ०३:३६ सम्म
लाभ वारवेला : बिहान ०९:३६ देखि १०:५६ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१७ सम्म
आजको राशिफल
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । यद्यपि देशपरदेश र दूरदराजका क्षेत्रबाट लाभ मिल्नसक्छ ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रातःकालमा एक्लोपन र निराशा बढ्नाले मन एकतमासको हुनेछ । तर मूलतः आज बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय छ । त्यसैले बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति जसरी भएपनि समय निकाल्न सके राम्रो हुन्छ । हुन त बौद्धिक क्षमता राम्रो रहने छ । तत्काल योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
चन्द्रमा राशिमा आइपुगेकाले उत्साहमा कमी हुने छैन, जोस र जाँगर बढ्ने दिन छ, तर आज हतार वा आवेशमा आएर कुनै पनि काम गर्नु हुँदैन । खानपान र मनोरञ्जनको आशा जाग्नेछ, मित्रवर्गको साथ प्राप्त गर्न कठिनाइ हुनेछ । तर्क, बहस र वादविवादमा समेत आफ्नो पकड देखिंदैन । महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्नेछ ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
बिहानको समय असल छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य वा परोपकारका क्षेत्रमा लगानीको समय छ ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आज बिग्रिनै लागेको कुनै काम बन्न सक्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । मनमा आध्यात्मिक र वैराग्यका भावना सञ्चरण हुनसक्छन् । पारमार्थिक कामप्रति चासो बढ्ने छ । गरेको परिश्रमको ढिलो गरी प्रतिफल आउने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सजग रहनु राम्रो हुन्छ । व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ ।
Loading...


0 comments:
Post a Comment