Ads

Saturday, January 21, 2017

संविधान संशोधनलाई कोमामा राख्यौं, चुनाव घोषणा गरौं: टोपबहादुर

Posted By: Samsung - 2:03 AM

८ माघ, काठमाडौं । सत्तारुढ दल माओवादीका नेता टोपबहादुर रायमाझीले स्थानीय चुनाव घोषणाको विकल्प नभएको बताएका छन् । साथै उनले सदनमा टेबुल गरिएको संविधान संशोधन विद्येयकलाई कोमामा राख्नु पर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपनेता रायमाझीले भने, ‘सदनमा टेबुल गरिएको संविधान संशोधन विद्येयक फिर्ता लिने हो वा पेण्डिङमा राख्ने हो, त्यो सरकारको कुरा हो । तर संशोधनलाई छाडेर तत्काल स्थानीय तहको निर्वाचनमा जानुपर्छ ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Loading...

नेता रायमाझीले संविधान कार्यान्वयन नभए मुलुक पश्चगमन र प्रतिगामी दिशातर्फ जाने खतरा समेत औंल्याए । उनले भने, ‘म संविधान संशोधनको विपक्षमा छैन । तर, संशोधनमा राष्ट्रिय सहमति चाहिन्छ, राष्ट्रिय सहमति भयो भनेमात्रै उत्तम हुन्छ, नत्र यसले देशलाई फाइदा गर्दैन ।’
जेठभित्रै स्थानीय तहको निर्वाचन गर्नु पर्ने भन्दै उनले भने, मधेसी मोर्चाले पनि सरकारले संशोधन गर्ने कोशिस गर्‍यो, तर सम्भव भएन भन्ने कुरा मनन गरेर आफ्ना एजेण्डासहित चुनावमा जानुपर्छ ।’

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy