Ads

Sunday, January 1, 2017

हङकङमा माघे संक्रान्ति पर्व भव्य रुपमा मनाइने

Posted By: Samsung - 5:52 PM
Loading...

Loading...

राज कुमार आले

दुलेगौंडा ,तनहुँ । मगर समुदायको भाषा संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यले यस बर्ष पनि मगर संघ हङकङले माघे संक्रान्ति पर्व भव्य रुपमा मनाउने भएको छ । संघले हरेक बर्ष मनाउदै आएको यस कार्यक्रम यस पटक भने विभिन्न कार्यक्रमहरु समेटेर विगतका बर्षहरुमा भन्दा पृथक,रोचक र अर्थमुलक ढङ्गबाट गर्ने पत्रकार सम्मेलन मार्फत् जानकारी दिएको छ ।


समाजका कार्यसमिति तथा पत्रकारहरु सहितको सहभागीतामा कार्यक्रमबारे जानकारी दिदै संघकी अध्यक्ष चन्द्रा ज्योति आले मगरले यस पटकको माघे संक्रान्ति कार्यक्रम विगतको भन्दा भव्य र पृथक हुने बताउनु भयो ।”यसपालि हामीले सकेसम्म विभिन्न जिल्ला तथा स्थानहरुमा बसोबास गर्ने मगरहरुको भाषा,रहनसहन,संस्कृती तथा खानाका परिकारहरुको प्रर्दशनी गर्दै सोकोबारे जानकारी गराउने छौँ उहाँले भन्नुभयो ।“ मगर संघ हङकङले हरेक कार्यक्रम फरक र उदाहरणीय ढङ्गले गरेको दाबी गर्दे उहाँले अन्य स्थान र समुदायहरुले समेत सिको गर्ने गरी कार्यक्रम गर्ने बताउनु भयो ।



संघकी अध्यक्ष आले मगरले यस कार्यक्रमले मगरहरुलाई एकिकृत गर्दे लैजाने र आफ्नो जातिय पहिचान संरक्षणमा पनि ठुलो टेवा पुग्ने बताउनु भयो । कार्यक्रममा मगरहरुलाई मात्र नभएर अन्य जाति र समुदायकालाई पनि मगरहरुको रीतिरिवाज ,भाषा संस्कृतिबारे जानकारी गराउने र भावी पुस्ताहरुलाई संस्कृति हस्तान्तरण गर्ने अध्यक्ष आलेले बताउनु भयो ।




कार्यक्रममा मगर समुदायको मौलिक परम्परागत विभिन्न जिल्लामा प्रचलित सामाग्रीहरुको प्रदर्शनी,विभिन्न खेलकुद प्रतियोगीताहरु, विभिन्न जिल्लामा रहेका मगरहरुको साँस्कृतिक तथा झाँकी प्रदर्शनी गरिने भएको छ ।साथै कार्यक्रममा विशेष आकर्षणको रुपमा महिला मगर हङकङ संघले विभिन्न जिल्लामा प्रचलित मगर परिकारहरु तयार पार्ने मगर महिला संघ हङकङकी अध्यक्ष युगमाया रानाले जानकारी दिनु भयो । खानाका परिकारहरुमा तनहुँको मुगी, बिरम्ला ,पाल्पाको मासको बटुक,गुल्मीको सिन्की गुन्द्रुक,बाग्लुङ्गको भट्ट,पर्वतको तरुल ,म्याग्दीको कल्लाको अचार,धकैयाँको गुन्द्रुक, स्याङ्जाको खिचडी गोरखाको सेलरोटी,जझरा,धरानको कालो बंगुर, मोरङको फिलिङे अचार,धनकुटाको मेसुको अचार,तामा ,धादिङको माछा र इलामे चियाको स्वाद लिन सकिने छ ।




कार्यक्रम हङकङ स्थित मंकिहिल डाँडामा भव्य समारोहकाबीच माघ २ गते (जनवरी १५ तारिखमा) हुने भएको छ । कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको छ । कार्यक्रममा सहभागी हुन विश्वभरबाट मगर प्रतिनीधिहरुको उपस्थिती गराइने र भिषा प्रक्रिया मिलाउने काम भइरहेको प्रचार प्रसार तथा सञ्चार विभागले जनाएको छ ।

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy