Ads

Thursday, December 1, 2016

पुरुषका लागि गर्भनिरोधक सुई.....!

Posted By: Samsung - 3:22 AM
Loading...

Loading...


काठमाडौं । पुरुषका लागि गर्भनिरोधक सुईको परिक्षण गरिएको छ । जर्नल अफ क्लिनिकल एन्ड्रोक्राइनोलोजी एण्ड मेटाबोलिजममा छापिएको अनुसन्धानका अनुसार पुरुषमा हार्मोन इन्जेक्सनको प्रयोग सफल तथा प्रभावकारी पाइएको हो । 
अमेरिकी अनुसन्धानकर्ताले २ सय ७० जना पुरुषमा हार्मोन इन्जेक्सनको प्रयोग गरेका थिए जसमा जम्मा ४ जनाका श्रीमतीले मात्रै अनुसन्धानका क्रममा गर्भधारण गरेका थिए । यस इन्जेक्सनलाई ९६ प्रतिशत प्रभावकारी मानिएको छ । विगत २० वर्षदेखि पुरुष गर्भनिरोधक साधनका बारेमा अध्ययन गरिरहेका अनुसन्धानकर्ताले कुनै पनि साइड इफेक्टबिनै पुरुषमा शुक्राणु उत्पादन कम गर्नेबारे खोज गरिरहेका छन् ।  
पुरुषमा शुक्राणु उत्पादन लगातार हुने गर्दछ भने वीर्यमा हुने झण्डै साढे १ करोड शुक्राणुलाई घटाएर १० लाख प्रतिमिलिलिटरसम्म ल्याउन हार्मोन आवश्यक हुन्छ । 

अध्ययनमा संलग्न पुरुषलाई ८ हप्तासम्म प्रोजेस्टेरोन तथा अर्को एक प्रकारको टेस्टोस्टेरोन हार्मोन दिइएको थियो भने ६ हप्तासम्म निगरानीमा राखिएको थियो । फलस्वरुप उनीहरुको वीर्यमा शुक्राणुको संख्या घटेर १० लाख प्रति मिलिलिटर पुगेको थियो ।  गर्भनिरोधक सुईको प्रयोग रोकेपछि उनीहरुमा शुक्राणुको उत्पादन पहिलेकै अवस्थामा पुगेको अनुसन्धानकर्ताले बताएका छन् । पुरुष गर्भनिरोधक सुईको उत्पादनका लागि यो अध्ययन सहयोगी भएको भन्दै अनुसन्धानकर्ताले अझै अनुसन्धान आवश्यक रहेको बताएका छन् ।  
स्रोत : बिबिसी
Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy