Ads

Tuesday, December 27, 2016

राजा फर्कने डर क-कसलाई?

Posted By: Samsung - 9:52 PM
काठमाडौं, १३ पुस । नेपालमा गणतन्त्रको घोषणा त्यति सजिलैसंग भयो जति कठिन हुन्छ भन्ने ठानिएको थियो। राजतन्त्रको अन्त्य सम्भव मानिए पनि राजसंस्थाकै अन्त्यचाहिँ कठिन ठानिन्थ्यो। राजालाई बचाउन श्रीपेच, राजगद्दी, देश र नरेशको नाममा कसम खाएर राष्ट्रसेवामा प्रवेश गर्नेहरुको सशस्त्र संस्था नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाव, सशस्त्र प्रहरी, राजाको कृपाबाट राजनीतिक एवम् आर्थिक हैसियत बनाउन सफल हजारौँ व्यक्ति, देश र नरेशका निम्ति राजनीतिमा क्रियाशील भएको दाबी गर्ने पञ्च या पूर्वपञ्चहरु र राजा नरहे नेपाल रहँदैन भन्ने विश्वासमा रहेका साधारण जनता तथा बुद्धिजीवीहरुको पङ्ति हेर्दा लाग्थ्यो- राजसंस्थाको अन्त्य र गणतन्त्रको घोषणा असम्भवजस्तै छ।



Loading...
तर, ०६५ जेठ १५ गते संविधानसभाबाट गणतन्त्र घोषणा भएपछि सोही महिनाको २९ गते राजा नारायणहिटी राजदरबारबाट यसरी बाहिरिए कि त्यति सजिलै त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित छात्राबासबाट विद्यार्थी पनि निस्कदैनन्।

नेपाली राजनीतिको भित्री सहतमा हुने छलकट, षड्यन्त्र र बाह्य शक्तिको सक्रियतालाई नबुझ्नेहरुका दृष्टीमा गिरिजाप्रसाद कोइराला र प्रचण्डका कारण राजा नारायणहिटी छोड्न तयार भएका हुन् ‘अन्डर करेन्ट मुभमेन्ट’ बुझ्नेहरुका विचारमा राजा गिरिजाको तालु, प्रचण्डको जुँघा या कुनै कृष्णप्रसाद सिटौलाको अनुहारदेखि डराएर वा चक्रपथतिर केही हजार मानिसले जुलुस प्रदर्शन गरे भन्ने हल्ला-चर्चा सुनेर नारायणहिटी राजदरबार छोड्न बाध्य भएका होइनन्।
गिरिजा, प्रचण्ड र माधव नेपाललगायतलाई निमित्त नायक बनाएर परिचालित गर्ने अदृश्य शक्तिको भयङ्कर रौद्र रुप देखेर मात्र तत्कालिक राजा ज्ञानेन्द्र दरबार छोड्ने निष्कर्षमा पुगेका हुन्। सनातन हिन्दुधर्म, बौद्धधर्म, ओमकार परिवारसम्बद्ध धर्म, परम्परा तथा संस्कृत रक्षामा अटल पर्खाल भएर राजसंस्था बसेकोप्रति सबैभन्दा असन्तुष्टि कुन शक्तिमा थियो भन्ने तथ्यको पुष्टि दश वर्षभित्र देशमा एघार हजारभ्दा बढी चर्च खुल्नुले गरेको छ। नेपालको मौलिक पहिचान मेट्न हाम्रो गरिबी र अशिक्षाबाट लाभ उठाउँदै छिमेकी मित्रराष्ट्रहरु भारत र चीनभित्रका गतिविधिसमेत नजिकैबाट नियाल्न रणनीतिक ढङ्गले इच्छुक शक्ति नेपालमा राजसंस्था उन्मूलन गर्न आवश्यक ठान्दथ्यो।
देशलाई इसाईकरण गरिँदा मात्र आफ्नो प्रभाव र पहुँच बढ्ने विश्वासका साथ अनेक नामका गैरसरकारी संस्थाहरुमार्फत नेपाल छिरेका इसाईहरुले नेपालबाट राजसस्था उन्मूलनलाई मुख्य लक्ष्य बनाएका हुन्। करिब अढाई शताब्दीअघि नै नेपाल प्रवेश गरिसकेका इसाई पादरीहरुलाई बडामहाराजाधिराज पृथ्वीनारायण शाहले देश निकाला गरेको बदला लिनका निम्ति मात्र पश्चिमा इसाई मुलुकहरुले नेपालबाट राजसंस्था विस्थापित गर्न चाहेका होइनन्, उनीहरु भारत र चीनमाथि नजिकैबाट निगरानी राख्न आतुर भएकोले पनि राजसंस्थाको विस्थापन उनीहरुको प्राथमिकतामा परेको हो। आजको घटना र विचार साप्ताहिकमा खबर छ ।
.

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy