Ads

Sunday, December 18, 2016

केशर माङयुङको जसलाई तिमी को भिडियो सार्बजनिक

Posted By: Samsung - 8:27 PM

Loading...

Loading...


तनहुँ । १२ बर्ष मलेसियामा बिताएर नेपाल आई  “परिवेश” एल्बमको तयारी गरिरहेका गीतकार केशर माङयुङको नयाँ गीत जसलाई तिमी माया गर्छौ को भिडियो  सार्बजनिक भएको छ ।  नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेको पछिल्लो संगीतकार तथा गायक अनुज कुलुङको संगीत र स्वरमा यो गीत एल्बमका रुपमा आउन लागेको हो । अनुजको यो अघि आफ्नै स्वरमा पछ्यौरीले मुख छोप्दै भन्ने गीत अनुरोध एल्बममा डेब्यू गरेपछिको दोश्रो गीत हो । 

केशर माङयुङकै शब्दमा परिवेश एल्बमको लागि झारिसके आँशु मैले, तिमीसँग केहि कुरा, रामनवमी बजार आउनु है माया, आमा बोलको गीतहरु रेकर्ड भै भिडियो पनि तयार भैसकेको गीतकार केशरले बताए । उनी आफु आम मानिसको जीबन भोगाई लाई गीतमा समेट्दै नाम र दामको लागि भन्दा पनि आफ्नो आत्मसन्तुष्टिको लागि गीत संगीत क्षेत्रमा लागेको बताउछन्  । 

यो गीतलाई राज चाम्लिङले भिडियो निर्देशन गरेका हुन् भने खगेन्द्र पन्धाक लिम्बुले सम्पादन गरेका हुन् । भिडियोमा गीतकार केशर माङयुङ, युनिशा राई, अभिषेक केरुङ, दीपा योङहाङले मोडलिङ गरेका छन् । यो गीतको निर्मात्री शान्ता योङहाङ हुन्  ।


Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy