Ads

Thursday, November 3, 2016

पोखराका दुईजना महिला भलिवल खेलाडीले माल्दिभ्समा लिग खेल्दै

Posted By: Samsung - 9:25 PM

Loading...


पोखरा, १८ कात्तिक/महिला भलिवलका राष्ट्रिय दुई जना खेलाडी माल्दिप्समा व्यावसायीक रुपमा लिग खेल्ने भएका छन् । महिला भलिवलकी सह–क्याप्टेन मन्जु गुरुङ र खेलाडी अरुणा शाही माल्दिप्समा आयोजना हुने राष्ट्रिय लिगमा व्यावसायीक रुपमा सहभागी हुन बिहीबार पोखराबाट हिडेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

Loading...


फुभामुल्क युथ एण्ड स्पोटर्स डेभलपमेन्ट एशोसियसन क्लवबाट करीब २० दिनको लागि कन्ट्याकमा आफुहरु माल्दीप्स जान लागेको मज्जु गुरुङले बताईन । मन्जु सहित अर्को पोखरेली खेलाडी समेत रहेकी अरुणा शाहि शुक्रबार हवाई मार्ग हुदै माल्दीप्स जाने उनले बताइन् । राष्ट्रिय लिगमा विदेशी दुई जना खेलाडीहरु समावेस गर्न पाउने भएकोले उनीहरुलाई लिग खेल्नको लागि निमन्त्रणा गरेको मन्जुले बताईन् ।
पोखरा क्षेत्रबाट व्यावसायीक रुपमा पहिलो पटक महिला भलिवलका खेलाडीहरु सहभागि भएका हुन् । नेपालबाट अर्को एक क्लबका लागि कोपिला उपे्रती र प्रतिभा मालि पनि जान लागेको उनले बताइन्

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy