Ads

Saturday, November 12, 2016

पशुपति मुरारकाको जग्गामा माओवादीको झन्डा

Posted By: Samsung - 6:27 AM

Loading...


कार्तिक २७,काभ्रेपलाञ्चोक। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाको बनेपास्थित जग्गामा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गाडेको झन्डा आज प्रहरीले हटाएको छ ।
अरुको जग्गामा माओवादीले जबर्जस्ती गर्न खाजेको भन्दै त्यहाँ गाडेको झन्डा हटाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । 
माओवादीले अरबौँको कर छली गरी मुरारकाले राष्ट्रिय हितविपरीत काम गरेको आरोप लगाउँदै महँगी बढाउने र कालोबजारीमा भूमिका निर्वाह गरेकाले जग्गामा झन्डा गाडेको जिकिर गरेको छ । सो जग्गाको क्षेत्रफल १४० रोपनी भएको बताइएको छ । 

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy