Ads

Wednesday, November 9, 2016

पोखराको हङकङ बजारमा आगलागी, ५ करोडको क्षति (भिडियो सहित)

Posted By: Samsung - 8:27 PM
Loading...
२५ कात्तिक, पोखरा । पोखराको पृथ्वीचोकस्थित हङकङ बजारमा गएराति आगलागी हुँदा २९ वटा सटर जलेर नष्ट भएका छन् । विद्युत सर्ट हुँदा भएको आगलागीमा करीब ५ करोडको क्षति भएको हङकङ बजार व्यवस्थापन समितिले जनाएको छ ।
हङकङ बजारको ‘बि’ ब्लकमा पर्ने सबै सटर ध्वस्त भएको छ । नजिकैको अर्को व्लकका सामानमा समेत आंशिक क्षेति पुगेको छ । आगलागी भएर ध्वस्त भएको व्लकमा लत्ता कपडा, भाँडाकुँडा, जुत्ता तथा खाद्यान्नका सामानहरु रहेको सटरहरु रहेका थिए । ती सबै जलेर नष्ट भएका छन् । अर्को नजिककैको व्लकमा तरकारी लगायतका सटरहरु थिए । त्यहाँ पनि आंशिक क्षति भएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Loading...


आगलागी समयमा नियन्त्रणमा लिन नसक्दा बढी क्षति भएको व्यवसायीले बताएका छन्  राति साढे १० बजे सटर नम्बर ९६ ‘बि’ मा रहेको मोवाइल पसलबाट सुरु भएको आगो मध्य रात करीब २ बजेमात्र नियन्त्रणमा आएको थियो ।
आगलागी सुरु भएलगत्तै दमकललाई खबर गरिएपनि ढिलागरी मात्र दमकल आएको ब्यबसायीले बताएका छन् ।  फोन गरेर दमकललाई खबर गरेपनि नआएपछि ब्यबसायी आफै ट्याक्सीमा गएर दमकल ल्याउनुपरेको थियो ।
pokhara-aaglagi-1दमकल कहाँ हुन्छ समेत थाहा नपाएका व्यवसायीहरु आत्तिएर नजिकैको गण्डकी मेडिकल कलेज पनि पुगेको सुरक्षा गार्डले बताएका छन् । दमकल आउन आधा घण्टा भन्दा बढी ढिला गर्दा क्षति धेरै भएको ब्यबसायी सोमलाल विश्वकर्माले बताए ।
सशस्त्र प्रहरीको कालिका गणको अग्नी नियन्त्रक टोली, वडा प्रहरी कार्यालय बैदाम, नेपाली सेनाको फुलवारी व्यारेकको टोलीले स्थानिय सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।
हङकङ बजार पोखरा उपमहानगरपालिकाले फुटपाथका व्यापार हटाएर साना ब्यापारीहरुका लागि स्थापना गरेको बजार हो । चार वर्षअघी स्थापित यो बजार पछिल्लो क्रममा राम्रो ब्यापार गर्ने बजारका रुपमा चर्चित छ ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy