Ads

Wednesday, November 2, 2016

प्रमुख दलका शीर्ष नेताले मुखर्जीलाई आज भेट्ने

Posted By: Samsung - 9:32 PM

Loading...


१८ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग बिहीबार साँझ विभिन्न दलका शीर्ष नेताले भेट्ने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र मधेसी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुले होटल हायात पुगेर मुखर्जीसँग भेटवार्ता गर्ने छन् ।
मोर्चामा आवद्ध सातवटै दलका अध्यक्षले मुखर्जीसँग सामूहिक भेट्ने कार्यक्रम रहेको छ । मोर्चामा आवद्ध नभएका मधेस केन्द्रित दलहरुका अध्यक्षले मुुखर्जीसँग भेट्ने कार्यक्रम बनेको छैन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुखर्जीसँग पार्टी प्रमुखको हैसियतमा भेट गर्नेछन् । दाहालले प्रधानमन्त्रीको हैसियतमा मुखर्जीसँग हिजै भेटवार्ता गरिसकेका छन् ।

Loading...

प्रचण्डपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हायात होटेल पुगेर मुखर्जीसँग भेटवार्ता गर्नेछन् । उक्त भेटमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायत रहने छन् ।
एमाले अध्यक्ष केपी ओलीले पार्टीका अन्य वरिष्ठ नेतासहित भारतीय राष्ट्रपति मुखर्जीसँग हायातमा भेटवार्ता गर्ने कार्यक्रम रहको छ ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy