Ads

Wednesday, October 5, 2016

वि.सं. २०७३ साल असोज २० गते। बिहीबारको राशिफल - Horoscope

Posted By: Samsung - 5:46 PM


वि.सं. २०७३ साल असोज २० गते। बिहीबार। इश्वी सन् २०१६ अक्टोबर ६ तारिख। नेपाल संवत् ११३६ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– पञ्चमी, १३:५१ बजेउप्रान्त षष्ठी।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरिस्थितिवश आजको योजना निष्फल जस्तै रहनेछ। धन अभावले सताउनेछ भने यात्रामा कठिनाइ उत्पन्न हुन सक्छ। आश्वासन बाँड्नेहरूको भर पर्दा दु:ख पाइनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पछि परिनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। विशेष काम सुरु गर्न समय पर्खनुहोला। नियमित काम भने सम्पादन हुनेछन्। 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusबलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मेहनतले विभिन्न अवसर दिलाउनेछ। समस्याका बीच यात्रा रमाइलो हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै प्रियभेट हुनाले मन रमाउनेछ। अतिथिका रूपमा मान-सम्मान समेत प्राप्त होला। मनपर्ने वस्तु उपहार प्राप्त हुन सक्छ। 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiहिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशलाई नियन्त्रणमा राख्नुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअस्वस्थताले आफूलाई कमजोरी अनुभूति हुनेछ। ढिलासुस्तीले परिणाम कमजोर देखिन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अप्रिय समाचारले मन खिन्न तुल्याउनेछ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना सुरु गर्न उपयुक्त साइत पर्खनुहोला। प्रयत्न गर्दा बिस्तारै अवरोध समाप्त हुनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपरिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। आलस्य गर्दा काम रोकिएला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। काम बिग्रने डरले सताउनेछ, योजना गोप्य राख्नुहोला। 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoहिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। 

Loading...
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअरूको विषयमा चासो राख्दा दु:ख पाइनेछ। तर धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। प्रयत्न गर्दा बोलीको भरमा काम सम्पादन हुने समय छ। प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदा हुने योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा विशेष प्रगति हुनेछ। 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioकाममा साथ दिनेहरू बढ्नेछन्। पहिलेको सफलताले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आलस्य गर्ने बानीले पछि परिनेछ। समयको महत्वलाई ध्यान दिनुहोला। 
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकाममा लगानीको समय छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। समयमा होस नपुग्नाले चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornमेहनत गर्दा पछिका लागि फाइदा हुनेछ। आम्दानी कम भए पनि दिगो काम गर्ने अवसर जुट्न सक्छ। तत्काललाई सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुनेछ। आम्दानी बिगार्नेहरू सक्रिय रहलान्। श्रमको उचित मूल्य प्राप्त नहुनाले काममा मन दिन नसकिएला। परिस्थितिले निष्क्रिय बनाउन सक्छ। 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusप्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआँटेको काम समयमा गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। मेहनतले प्रतिष्ठा दिलाउनेछ।


Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy