Loading...
१८ असोज, काठमाडौं । नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) को दोस्रो बैठक भारत को नयाँदिल्लीमा आजबाट बस्दैछ ।
प्रबुद्ध टोलीमा नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा संयोजक तथा पूर्वमन्त्री निलाम्बर आचार्य, सांसद राजन भट्टराई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सदस्य छन् ।
Loading...
भारतको तर्फबाट सांसद भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र महेन्द्र पी लामा छन् ।
दुईदिने बैठकमा नेपाल भारत शान्ति तथा भैत्री सन्धि पुनरावलोकनलगायतका अन्य सबै सन्धिसम्झौताको संशोधन, अद्यावधिक र आवश्यक परे खारेजीलगायतका विषयमा सरकारलाई सुझाव दिने विषयमा छलफल हुनेछ ।
बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिका विषमा छलफल गर्ने तयारी गरिएको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गत फागुनमा सम्पन्न भारत भ्रमणका क्रममा गठित प्रवुद्ध समूहको पहिलो बैठक गत जुलाईमा काठमाडौंमा सम्पन्न भएको थियो ।
Loading...


0 comments:
Post a Comment