Loading...
न्यूजनेपाल २४
असोज १६ , तनहुँ । नेपाली लोकदोहोरी क्षेत्रकी बहुचर्चित गायिका मुना थापा मगर र गायक पुरुषोत्तम सत्यालको स्वरमा रहेको गीत “दशैँ तिहार मान्न आउछु गाउँमा” सार्वजनिक भएको छ । आज मात्रै सार्वजनिक गीतमा मधुकर थापाको शब्द र पुरुषोत्तम सत्यालको लय रहेको छ ।
यसअघि हिन्दुहरुको महानपर्व तीजको बेलामा मुना, पुरुषोत्तम र मधुकरको सहकार्यमा बजारमा आएको गीत पानी पोकेले दर्शक श्रोताको अत्याधिक माया पाएको थियो ।
अरुण थापा मगरको प्रस्तुति रहेको गीत एम.पि. क्रियशनमार्फत बजारमा आएको हो । स्मृति तिमिल्सिना गुरुआमाद्धारा निर्देशित गीतको म्युजिक भिडियोमा केशव बस्नेत र आर्या जोशीको अभिनय छ । सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...
दशैँको मार्मिक भिडियो हेर्नुहोस्
Loading...


0 comments:
Post a Comment