Ads

Saturday, October 1, 2016

तेलको मूल्यमा आएको गिरावटले साउदीको भिसा शुल्कमा भारी वृद्धि

Posted By: Samsung - 8:30 AM

Loading...
असोज १५ , काठमाडौं । साउदी अरबले आफ्नो भिसासहित अध्यागमन सम्बद्ध शुल्कमा भारी वृद्धि गरेको छ । तेलको मूल्यमा आएको गिरावटले राजश्व प्रभावित भएपछि साउदी सरकारले भिसा शुल्क बढाएको हो । र भोलि आइतबारदेखि नै लागू हुने अरबन्युजले जनाएको छ ।
नयाँ शूल्क अनुसार यसअघि २५ रियालमा पाइने भिजिट भिसाका लागि अब २ हजार रियाल तिर्नुपर्ने भएको छ । यस्तै ५ सय रियालमा पाइने ६ महिनाको मल्टिपल भिसा अब ३ हजार रियाल तिरेपछि मात्रै लाग्नेछ । एकवर्षका लागि ५ हजार रियाल र दुई वर्षका लागि मल्टिपल भिसा पाउन अब ८ हजार रियाल तिर्नुपर्ने भएको छ ।
साउदी सरकारले एक्जिट एण्ड रि-इन्ट्री भिसा शूल्क पनि तोकेको छ । यसबाट नेपालीहरु पनि प्रभावित हुनेछन् ।
दुई महिना छुट्टीमा आउनेले २०० रियल ‘एक्जिट एण्ड रिइन्ट्री भिसा शूल्क तिर्नु पर्ने समाचारमा उल्लेख छ । दुई महिनाभन्दा बढी बसेमा प्रत्येक महिनाको १ सय रियालका दरले अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ ।
कम तलब कम पाउने, समयमै नपाउने र बढी दुःख, जोखिम खेप्नुपर्ने स्थितिले पछिल्लो समयमा नेपालीको आकर्षण घट्दो छ । अब बढेको शूल्कले उनीहरुलाई थप मारमा पारेको छ ।
साउदी सरकारले यसअघि नै इकामा (आवासिय अनुमति पत्र)को शुल्कमा भारी बृद्धि गरेका कारण कामदार तथा रोजगारदाता कम्पनीमा अतिरिक्त भार परेको थियो ।
कुनैपनि नेपालीले साउदीमा स्थायी रुपमा बसाइसराई, नागरिकता, पीआर या ग्रीनकार्ड लगायतका सुविधा र अधिकार पाउँदैनन् । अब अस्थयी रोजगार तथा आप्रवासनका लागि पनि साउदी अरब महंगो शुल्क बुझाउनुपर्ने मुलुकमा पर्ने भएको छ ।
साउदीले अब सामुन्दि्रक बाटो हुँदै देश छोड्नेहरुसँग पनि ५० रियाल इक्जीट शुल्क लिनेछ । मल्टिपल भिसा अवधि थप्दा प्रतिमहिना २ सय रियाल पनि बुझाउनुपर्नेछ ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...
दशैँको निकै मर्मिक भिडियो हेर्नुहोस्
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy