Loading...
असोज १५, काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले सिन्धुपाल्चोकमा निर्माणाधीन गिरान्चौर एकिकृत बस्ती पूर्व निर्धारीत समयमा सम्पन्न गर्न नसकेको भन्दै माफी मागेका छन् । बस्ती निर्माण सुरु गर्दा घटस्थापनाको दिन हस्तान्तरण गर्ने लक्ष्य राखिएपनि सो लक्ष्य पुरा नभएपछि उनले प्रेस विज्ञप्ति र भिडियोमार्फत सहयोगीदाता र शुभचिन्तकसँग क्षमायाचना गरेका हुन् ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला निरन्तरको झरीले काममा निकै बाधा पु¥याएकाले दशैँ अघि बस्ती हस्तान्तरण गर्न नसकिएको धुर्मुस सुन्तली फाउण्डेशनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । दिनरात खट्दा पनि तोकिएको समयमा काम सम्पन्न नभएकोप्रति दुख व्यक्त गर्दै फाउण्डेशनका अध्यक्ष धुर्मुसले दशैँ नै गिरान्चौरमा बसेर मनाउने बताएका छन् । फाउण्डेशनद्धारा जारी गरेको विज्ञप्ति यस्तो छ ।
Souce:Gazzabkoonlineप्रेस विज्ञप्तीपत्रकार महानुभाव, शुभचिन्तक एवं सहयोगि मनहरु,
सिन्धुपाल्चोक मेलम्ची ८, गिरान्चौरमा एकिकृत बस्ती निर्माणका लागि खटेको आज १ सय ४४ दिन भएछ । बस्ती निर्माणको काम सुरु गर्दा आजको दिनमा भव्य कार्यक्रमकाबीच बस्ती हस्तान्तरण गरे ६५ परिवार भूकम्प पिडितको मुहारमा खुशी ल्याउने सपना देखेका थियौँ । तर, त्यो पुरा हुन सकेन । त्यसैले बिहानैदेखि मन खिन्न छ । सहयोगीदाताहरुलाई विश्वासघात गरेजस्तो अनुभुती भइरहेछ ।
सहयोगी दाताको मनलाई जित्यौँ । गिरान्चौरको विकटतालाई जित्यौँ । सुख्खा डाँडामा पानी उकाल्यौँ । कच्ची बाटोलाई जेनतेन गाडि गुड्न सक्ने बनायौँ । तर, प्रकृतिलाई हामीले पटक्कै जित्न सकेनौँ । त्यसैले माफी चाहान्छौँ किनकी हामीले घटस्थापनाको दिन बस्ती हस्तान्तरण गर्ने लक्ष्य पुरा गर्न सकेनौँ ।
देशमा अविश्वास बढ्दो छ । तर, हामीलाई देश विदेशका सहयोगी मनले निर्धक्कका साथ विश्वास गरे । दुखले कमाएको पैसा बस्ती बनाउन सहयोग पठाए । हाम्रो लक्ष्य पुरा गर्न पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानीसहरु श्रमदान गर्न आए । हामीसँगै दिनरात नभनी पसिना बगाए । सबैको साथ सहयोगी हात पाएका कारण दशैँ अघि नै बस्ती निर्माण कार्य सकिन्छ भन्नेमा हामी विश्वस्त थियौँ । तर, जेठ अन्तिमदेखि निरन्तर परेको झरीले हाम्रो काममा निकै बाधा पु¥यायो । निर्माण सामग्री ढुवानी गर्ने बाटो पटक पटक खोल्सोमा परिणत भयो । खनिएका जगहरु उठाउन नपाउँदै पुरीए । सुख्खा डाँडोमा अत्यावश्यक पानी पु¥याउन अनेक झमेला झेल्नु प¥यो । यी र यस्तै कारणले दशैँमा गिरान्चौरका भूकम्प पिडितलाई घर उपहार दिने लक्ष्य अपुरो हुँदा हाम्रो मन पनि खिन्न भएको छ ।
गिरान्चौर एकिकृत बस्तीको लगभग ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । अधिकाँस घरहरु बस्न हुने भइसकेका छन् । तर, गिरान्चौर हामीले सोचेजस्तो सिटी पूर्ण रुपमा भइसकेको छैन । त्यसैले यहाँका बासीन्दाले हाम्रो सपनाको सिटी पूर्ण रुपमा सम्पन्न नभएसम्म छाप्रोमै बस्ने निधो गरेका छन् । उनीहरुको मनलाई खुशी राख्न हामीले यो वर्षको वडा दशैँ गिरान्चौरमै मनाउने निर्णय गरेका छौँ । फेरी एकपटक माफी माग्दै बस्ती निर्माणको कामलाई दशैँमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउँदछौँ । सकेसम्म तिहार अघि नै अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री गिरान्चौर एकिकृत बस्ती हस्तान्तरण गर्ने प्रण गर्दछौँ ।सिताराम कट्टेल
अध्यक्ष
धुर्मुस सुन्तली फाउण्डेशन
Loading...
Loading...


0 comments:
Post a Comment