Ads

Saturday, October 8, 2016

समयसीमाभित्रै तीन तहकै निर्वाचन हुन्छः देउवा

Posted By: Samsung - 6:42 AM

Loading...


२२ असोज,  भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयसीमाभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुने बताएका छन् ।
नेपाली कांग्रेस मध्यपुरथिमि नगरसमितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रममा देउवाले  संविधानले निर्धारण गरेको समयसीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद् एवम् प्रतिनिधिसभाको निर्वाचन हुनेमा  शङ्का नगर्र्नु पर्दैन, यो जिम्मेवारीलाई नेपाली काँग्रेसले पूरा गर्छ ।”
उनले देशको समृद्धिका लागि सबै निर्वाचनमा नेपाली काँग्रेसको बहुमत आउनुपर्ने दाबी गर्दै निर्वाचनको तयारीमा जुट्न काँग्रेस कार्यकर्तालाई निर्देशन दिए ।

Loading...

सो अवसरमा सांसदद्वय रामेश्वर ढुङ्गेल र डा मनमोहन भट्टराई, नेपाली काँग्रेस भक्तपुर सभापति दुर्लभ थापा, नेविसङ्घ अध्यक्ष नैनसिंह महर, नेपाली काँग्रेस मध्यपुर सभापति सुरेन्द्र श्रेष्ठलगायतले समयमै निर्वाचन सम्पन्न गरेर पार्टीले आफ्नो जिम्मेवारी पूरा गर्न अग्रसर हुनुपर्ने बताए ।
कार्यक्रममा २०४२ सालमा काँग्रेसले सुरु गरेको सत्याग्रह आन्दोलनमा मध्यपुरथिमि क्षेत्रबाट सहभागी भएर सत्याग्रह गर्ने २७ जना काँग्रेस सदस्यलाई देउवाले सम्मानपत्रद्वारा सम्मान गरे ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy