Ads

Monday, October 10, 2016

शक्तिपीठमा शक्तिसंघर्षः अघिअघि राष्ट्रपति, पछिपछि पूर्वराजा !

Posted By: Samsung - 2:57 AM
Loading...

२४ असोज, काठमाडौं । हिन्दुहरुको महान चाड बडादशैंका अवसरमा महाअष्टमीका दिन राष्ट्र प्रमुखले विभिन्न शक्तिपीठहरुको भ्रमण गर्ने परम्परा छ । तर, राष्ट्रप्रमुखको भूमिकामा नरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार शक्तिपीठहरुको भ्रमण गर्ने समय यसरी तय गरे, उही समयमा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणको समय तय भएको थियो ।
‘पूर्वराजाले हिजो बेलुका ४ बजेदेखि शक्तिपीठहरुको भ्रमण गर्ने भनेका थिए, तर त्यही समयबाट राष्ट्रपतिज्यूको पनि भ्रमणको समय तय भयो,’ उच्च सुरक्षा स्रोतले अनलाइनखबरसँग भन्यो,’एकै समयमा जम्काभेट नहोस् भनेर हामीले पूर्वराजाको समय बेलुका पाँच बजे सार्‍यौं ।’
शीक्तपीठ भ्रमणको समय एक घण्टा अघिपछि पारिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी छोरीहरुलाई लिएर बेलुका ४ बजेदेखि शक्तिपीठहरुको भ्रमणमा निस्किइन् ।Gyandra with Nati 2
पूर्वराजा ज्ञानेन्द्र पनि जवाफी पारामा नाति हृदयेन्द्र शाहलाई लिएर शक्तिपीठहरुको दर्शन गर्न निस्किए ।
राष्ट्रपति भण्डारीले छोरीसहित राजधानीका विभिन्न शक्तिपीठहरुमा पुगी पूजाआजा गरिन् । वडादशैंको आठौं दिन आइतबार महाअष्टमीको अवसरमा राष्ट्रपति भण्डारीले राजधानीका विभिन्न १० वटा शक्तिपीठको दर्शन एवं पूजाआजा गरिन् ।
राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती लगायतका नवदुर्गा भवानीको शक्तिपीठको पूजाआजा गरिन् । राष्ट्रपतिसँगै उनका दुई छोरीसमेत पूजामा सरिक भएका थिए ।
biddya bhandariराष्ट्रपति र उनका दुबै छोरीहरुले रातो पहिरन लगाएका थिए । जेठी छोरी रातो साडीमा सजिएकी थिएन् भने कान्छीले रातो कूर्ता पाइजामा लगाएकी थिइन् ।
Loading...
ज्ञानेन्द्र र हृदयेन्द्रको बडी ल्याङ्वेज !
साँझ पाँच बजे नातिसहित निस्केका पूर्वराजा ज्ञानेन्द्रले नक्शाल भगवतीबाट आफ्नो यात्रा शुरु गरेका थिए । त्यसपछि क्रमशः गुह्येश्वरी, मैतीदेवी, कालीकास्थान, भद्रकाली, महांकाल संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र इन्द्रायणीको दर्शन गरेर साँझ ७ बजे फर्किएका थिए ।Gandra
राष्ट्रपतिको भ्रमणका बेला पूजाका लागि लाइनमा रहेका सर्वसाधारणलाई सुरक्षाकर्मीले हटाएका कारण उनीहरु केही रिसाएका थिए । तर, केहीबेरमै आइपुगेका ज्ञानेन्द्रको दर्शनका बेलामा भने लाइनमा रहेका सर्वसाधारणले ‘डिस्टर्ब’ को महसुस नगरेको उनी निटकस्थहरुको दाबी छ ।
राष्ट्रपतिको भ्रमणका बेला सडकमा समेत ट्राफिकले सर्वसाधारणलाई केहीबेर रोकेका कारण यात्रुहरुले अहसज महसुस गरेका थिए ।
पूर्वराजाका एक सहयोगीले अनलाइनखबरसँग भने- ‘राष्ट्रपतिज्यूको भ्रमणमा भन्दा हाम्रोमा जनताको बढी उपस्थिति र उत्साह देखियो, उहाँ जाँदा सर्वसाधारणलाई सास्ती दिने काम भयो, तर पूर्वराजा र नाति मन्दिरहरुमा जाँदा लाइनमा रहेका सर्वसाधारणलाई कुनै डिस्टर्ब भएन ।’
ज्ञानेन्द्रले पूजाआजा गर्दा सधैंजसो देखिने मानिसहरुको भीडले नाराबाजी गर्दै ज्ञानेन्द्रको जयजयकार गरेका थिए । सुरक्षा स्रोतका अनुसार ज्ञानेन्द्र कतै निस्कँदा स्थायीरुपमा तिनै अनुहारहरु नाराबाजीमा देखिने गरेका छन् ।
Gyanendra jee
पूर्वराजपरिवार दौरासुरुवालमा नसजिए पनि हजुरबुबा-नाति दुबैले टोपी भने लगाएका थिए । पूर्वराजाका नाति हृदयेन्द्र सर्ट पाइन्ट र स्टकोटमा सजिएमा थिए । शरीरमा नमिल्ने ठूलो सर्ट लगाएका हृदयेन्द्रले सर्टको फेर पाइन्ट भित्र नघुबाहिरै छाडेका थिए ।
निकै  ‘रफ’ मूडमा देखिएका हृदयेन्द्रले कालो टोपी लगाएका थिए । हजुरबाका पछिपछि नमस्कार गर्दै हिँडे पनि उनले आफ्ना दुईहात जाँघभन्दा माथि उठाएनन् । उनी निकै दुब्ला देखिन्थे । फर्कनेबेलामा उनको गलाभरि माला थियो ।
गणतन्त्र आएसँगै नागरिकमा परिणत भएका पूर्वराजा हिन्दुधर्मावलम्बी भएकाले दशैंका बेलामा शक्तिपीठहरुको दर्शन एवं पूजाआजा गर्नु उनको नैसर्गिक अधिकार भएता पनि राष्ट्र प्रमुखको भ्रमणकै बेलामा त्यस्तो भ्रमणतालिका बनाइँदा एक प्रकारको शक्ति संघर्षजस्तै देखिएको छ ।
Gyandra with Natiदशैंको शुभकामना दिँदासमेत पूर्वराजाले विभिन्न राजनीतिक प्रश्नहरु उठाएपछि उनको दशैं गतिविधि पनि राजनीतिक प्रकारको देखिएको छ । सम्भवतः यसैलाई संकेत गरेर केपी ओलीले आफूले दशैंका बेला भल नछेक्ने प्रतिक्रिया दिएका हुन् ।
यसैवीच पूर्वराजा ज्ञानेन्द्रले भोलि बिजयादशमीका दिन बेलुका ४ बजेदेखि निर्मल निवासमा विगतका वर्षहरुमा जस्तै सर्वसाधारणका लागि टीका लगाउने कार्यक्रमसमेत राखेका छन् ।
राष्ट्रपति कार्यालय निश्क्रिय ?
राष्ट्रपतिले महाअष्टमीमा शक्तिपीठहरुको भ्रमण गरे पनि यससम्बन्धी तस्वीर राष्ट्रपति कार्यालयले आफ्नो वेभसाइटमा राखेको छैन । राष्ट्रपति कार्यालयले विज्ञप्ति वा बुलेटिनसमेत प्रकाशित गरेन ।
biddya bhandari3राष्ट्रपतिको शक्तिपीठ भ्रमणको तस्वीर सरकारी न्युज एजेन्सी राससले समेत अपलोड गरेको छैन ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy