असोज २० , भैरहवा । हिन्दू धर्मावलम्वीहरुको महान चाड दशैं नजिकिँकै गर्दा भारतबाट रुपन्देहीको सिमानाका बेलहिया हुदै नेपालमा आउने नेपालीहरु भारतमा लुटिने क्रममा बढेको छ ।तर, दशै मनाउन नेपाल फर्किने क्रममा प्रत्येक वर्ष सर्वसाधरणहरुबाट भारतीय प्रहरीले सिमामा गर्ने असुली अहिले यसपटक नरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै भारतबाट नेपाल आउने क्रममा दुई जना नेपाली बाटैमा लुटिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख, इन्स्पेक्टर अभयविक्रम शाहले जानकारी दिए ।
मुम्बइमा कार्यालय सहयोगीको काम गर्ने बाग्लुङ्ग अमलाचोर ३ का ४५ वषर्ीय गनबहादुर रोक्का दशैं मनाउन नेपाल आउने क्रममा सिमावर्ती क्षेत्र नौतनवामा ६० हजार रुपैयाँ र दिल्लीको एक होटलमा कार्यरत सुनसरी धरानका १९ वषर्ीय बिशाल थापासँगै रहेको ८ हजार रुपैयाँ र एउटा मोबाइल लुटिएको प्रहरीले जनाएको छ ।
घर फर्कदा बाटोमै लुटिएका दुईलाई प्रहरीले बाटोखर्च दिएर पठाएको इन्स्पेक्टर शाहले बताए । आउने क्रममा बीचबाटोमा लुटिन्छन् र बेखर्ची हुन्छन् त्यसैले हामीले गर्ने सम्मको सहयोग उनीहरुलाई गरिरहेका छौं,’ इन्स्पेक्टर शाहले अनलाइनखबरसँग भने ।
त्यस्तै उनले दशैको बेला विगतमा भारतीय प्रहरीले सिमामा अनावश्यक रुपमा नेपालीहरुबाट पैसा असुल्ने कार्यगरे पनि अहिले भने रकम असुलेको कार्यालयमा गुनासो नआएको जानकारी दिए ।अनलाइनखबरबाट
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला Loading...
Loading...


0 comments:
Post a Comment