Ads

Sunday, October 2, 2016

सर्वसाधारणको गुनासो सुन्ने हेलो सरकारले नै गुनासो पोख्न थाल्यो !

Posted By: Samsung - 5:45 PM

Loading...


असोज १७ , काठमाडौं । आम सर्वसाधारणको गुनासो सम्बोधन गर्ने जिम्मेवारी बोकेको हेलो सरकार आफैंले नै गुनासो पोख्न थालेको छ ।आम सर्वसाधारणले फोन, फेसबुक, ट्वीटर लगायतका माध्यमबाट हेलो सरकारसमक्ष गुनासो राख्दै आएकामा हेलो सरकारले भने पत्रकार सम्मेलन गरेर आफ्नो गुनासो पोखेको हो ।
हेलो सरकारका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले सर्वसाधारणको गुनासो सम्बोधनका लागि सूचना प्रविधियुक्त दक्ष जनशक्तिको अभाव रहेको गुनासो गरे ।उनले हेलो सरकारमा आवश्यक संख्यामा कर्मचारी नरहेको, कार्यरत कर्मचारीलाई प्रोत्साहित गर्न भत्ताको व्यवस्था नगरिएको तथा मन्त्रालयहरुले हेलो सरकारमा परेका गुनासा सम्बोधनको कामलाई प्राथमिकता नदिएको गुनासो गरे ।
हेलो सरकारमा गत भदौ महिनामा १ हजार ६ सय उजुरी परेका थिए । आवश्यक संख्यामा कर्मचारी नहुँदा ५७ उजुरी मात्र सम्बोधन हुन सकेको हेलो सरकारले जनाएको छ ।आफ्नो सक्रियताका कारण बजार अनुगमनले तिब्रता पाएको, ट्याक्सीहरुले जथाभावी भाडा लिने काम नियन्त्रण भएको, विग्रेका टेलिफोनलाइन मर्मत भएको, काठमाडौंमा सडकको मर्मत सुरु भएको तथा कपिलवस्तुमा आन्तरिक राजस्व कार्यालयको बोर्डमा मधेश सरकार मेटेर नेपाल सरकार लेख्ने काम भएको हेलो सरकारले बताएको छ ।
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आमजनताका गुनासा सम्बोधनका लागि हेलो सरकार सेवा सुरु गरेकामा ४ वर्ष ११ महिनाको अवधिमा ५० हजार ९ सय ५ वटा उजुरी परेका छन् ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला 
Loading...



दशैको निकै मार्मिक भिडियो हेर्नुहोस्

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy