Ads

Monday, September 19, 2016

‘मलाई मिस कल गर त’ उसले आफ्नो नम्बर फटटट भन्यो ।

Posted By: Samsung - 5:24 PM

Loading...


सुजाता खत्री 

घडीमा बेलुका पौने ८ बजेको छ । म बल्खुमा गाडी कुरिरहेकी छु ।

मेरो सामुन्ने मै घच्याक्क टाटा सुमो रोकियो ।
सुमोभित्रबाटै सानो भाइले सोधे ‘दिदी फर्पिङ जाने ?’
‘मलाई टौदह जानुपर्ने ।’
‘भइ हाल्छ नि लु आउनुस्’ भाइले थपे ।
‘भाडा कति हो नि ?’ मैले सोधें  
‘सधैँ कति तिर्नुहुन्थ्यो त्यसको डबल ।’ ड्राइभर चाहिँ बोले । सानो भाइले ढोका खोले म सुमोमा चढें । राति भइसकेकाले दक्षिणकाली यातायातकै गाडी पर्खिनु भन्दा भेटेको गाडी चढीहालौं जस्तो लाग्यो ।
गाडीमा अरु दुई जना पनि रहेछन् । गाडी गुड्यो, म कानमा इयरफोनको ठेडी लगाएर गीत सुन्न थालें । ती दुईजना चोभार गेटमै झरे । म गीतमै मग्न थिएँ ।
‘सधैँ यही बेला फर्कने हो ?’ सुमोले हिमाल सिमेन्टको मोड काटेपछि ड्राइभरले सोधे होइन आज मात्रै । मैले सहज जवाफ दिएँ । ‘केटी मान्छे राति राति हिंडेको राम्रो होइन नि ’ उनले अर्ति दिए ।  
मैले नसुने जस्तो गर्दिए । मँ पनि खुसीले त्यसबेलासम्म बसेकी कहाँ थिएँ र ?
गलैचा कारखाना कटेर उकालो लाग्दै गर्दा बिग्रिएको बाटोमा गाडी हल्लिँदा इयरफोन खस्यो । म कानमा इयरफोन घुसार्दै थिएँ ‘टौदह गेट झर्ने कि स्कूल ?’ फेरि उनैले सोधे ।
‘स्कूलमा ।’ उत्तरका लागि मैले अर्को शब्द थप्नै परेन ।
‘नानी तामाङ हो ?’ लप्सीबोट काटेपछि उनको अर्को एकथान प्रश्न थपियो ।
‘किन र ?’  
‘सोध्न हुन्थेन र ?’
‘हैन ठिकै छ ।’
गोजीबाट बीसको नोट झिकेर मैले भनें ‘दाइ भाडा लिनुस् ।’ कुुराको प्रसंग मोडेजस्तो पनि भयो ।
‘भाडा दिनुपर्दैन ।’ उनले भने । अचम्म चढ्ने बेलामा अरु गाडीमा भन्दा डबल दिनुपर्छ भन्ने गुरुजी एकैछिनमा भाडै दिनुपर्दैन भन्छन् ।
‘किन र ?’ मैले हल्का चकित हाउभाउमा सोधें ।
‘म रित्तै फर्कनुपर्थ्यो यहिँसम्म आएको के भाडा लिनु ।’
कुरामा तर्क त थियो तर त्यो स्वभाविक थिएन । किनभने बल्खुमा उनले मसँग डबल भाडा दिनुपर्छ नि भनेर कबुलियत गराएका थिए ।
पैसा मेरो हातमै थियो । म झर्ने ठाउँ आइपुग्यो ।
‘मोबाइल नम्बर दिन मिल्छ की ?’ फेरि ड्राइभर बोले ।
म अब चाहिँ पुरै चकित भएँ ।
‘किन दिनै बल्खु आएपछि फोन गर्ने हो र ?’ भन्दिउँ कि जस्तो झ्वाँक नचलेको होइन तर त्यतिबेला केही भन्न उचित लागेन, मैले २० रुपैयाँ उनको सिटतिर फयाकिँदिएँ र गाडीबाट झरें ।
घर पुगुन्जेल नाकाबन्दिको समयमा बाइकमा लिफ्ट दिने अर्का कथित दयालु व्यक्तिलाई सम्झिएँ ।
बिहाने ८ बजेतिरै म घरबाट निस्के । पाँच किलोमिटर टाढाको अफिस पुग्न मलाई पैदल एक घण्टा लाग्थ्यो । १० मिनेट हिँडिसकेपछि एउटा बाइक नजिकै आएर रोकियो ।
‘बहिनी कहाँसम्म पुग्ने ?’ मैले पुलुक्क के हेरेको थिएँ उसैले सोध्यो ।  
‘सूर्यविनायक ।’
‘म छोडिदिउँला बस्नुस् ।’
नाकाबन्दिका कारण गाडी चलेका थिएनन् । पैदल यात्रामा रहेकालाई लिफ्ट दिनेहरु धेरै भएको खबर धेरै सुनिएका थिए । सोचें ५० मिनेट पैदल हिँड्नुभन्दा बाइकमा जानु राम्रो हो । बाइक चढेको केही बेरमै उनले सोधे ‘बहिनी के थरी ?’
‘क्षत्री ।’ 
‘हो र ? त्यस्तो देखिन्नौ त ?’ 
‘क्षत्री कस्तो देखिन्छ र दाइ ?’ मैले सन्केर जवाफ दिएँ । 
‘राम्री रैछौ, केही परे मलाई सम्झनु’ उसले अनावश्यक दया देखायो ।
उसले बाइक एकदम बिस्तारै गुडाएको थियो । 
‘मलाई मिस कल गर त’ उसले आफ्नो नम्बर फटटट भन्यो । 
‘के नै काम पर्छ र दाइ तपाईंसँग मेरो ?’  
‘तिमीलाई पैसा चाहिए मलाई सम्झनु, म सहयोग गरौंला ’ उसले चेपारे घस्यो र थप्यो ‘केटीहरुलाई धेरै पैसा चाहिन्छ नि ?’
रिसको पारो राम्रैसँग चढिसकेको थियो । 
तर रिसलाई सकेसम्म दबाएँ र नम्र बन्ने प्रयास गर्दै बाइक रोक्न आग्रह गरें । उसले थपक्कै मान्यो । मलाई उसको सहयोग नचाहिएको र सहयोग खोजिरहेका अरु कसैलाई सहयोग गर्न सुझाव दिएँ र आफू हिँडेरै जाने जानकारी गराएँ ।  
‘लौ, किन नि ?’ उसले ट्वाँ परेर सोध्यो । 
मैले जवाफ दिन आवश्यक ठानिन किनकी त्यो मेरो मर्जी थियो । 
उस्तै उस्तै प्रकृतिका यी दुई घटनाले मलाई केटी हुनुको, कसैको सहयोग लिनुको दुःख बोध गरायो । यसको अर्थ यो होइन कि सबै युवक वा पुरुष तिनै ड्राइभर वा मोटरसाइकलवाला कथित दयालु जस्ता मात्र हुन्छन् भन्ने ।
मैले अरु धेरै साँच्चैका सहयोगी पुरुषपनि भेट्टाएकी छु । तर यी दुई घटनापछि मेरो मनले आफैसँग प्रश्न सोधेको सोध्यै छ के म केटा भएको भए वा कुनै केटीले आफ्नो सवारीसाधनमा केटालाई चढाएकी भए उसले त्यो केटाको मोबाइल नम्बर माग्ने थिई होला ?  उज्यालो अनलाइनबाट


 भिडियो हेर्न तल क्लिक गर्नुहोस्

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy