Ads

Monday, September 19, 2016

सकियो ४५ दिने घोषणा : ३०% भूकम्पपीडितले पाएनन् अनुदान

Posted By: Samsung - 6:28 PM

Loading...


असोज ४, काठमाडौं  सरकारले घोषणा गरेको ४५ दिने अवधीमा करिब ३० प्रतिशत भूकम्प पीडितले अनुदानको पहिलो किस्ता रकम पाउन सकेनन् । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल आएलगत्तै साउन २० गते ४५ दिनभित्र सबै भूकम्प पीडितलाई अनुदानको पहिलो किस्ताको ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए ।


घोषणाको अबधी गत सोमबार सकियो । तर, उक्त दिनसम्म उपत्यका बाहिरका ११ जिल्लाका करिब ३० प्रतिशत परिवारले किस्ता पाउन नसकेका हुन । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय केन्द्रिय आयोजनाले उपलब्ध गराएको तथ्याङक अनुसार करिब १६ प्रतिशत परिवारसंग त सरकारले सम्झौतानै गर्न सकेको छैन ।


‘जति काम भयो यसलाई हामीले उत्साहजनक रुपमा लिएका छौ,’ पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शुशिल ज्ञावलीले भने, ‘कानुनी र केहि प्राबिधिक कठिनाईका कारण सबै पीडितलाई अनुदान वितरण गर्न नसकिएको हो । त्यसको सामधान क्रमश: गर्दै जानेछौ ।’


तथ्याङक अनुसार उपत्यका बाहिर ५ लाख ३३ हजार परिवारले अनुदानको पहिलो किस्ता पाउनुपर्ने हो । यसमध्ये ४ लाख ४७ हजार ३ सय ५९ परिवारसंग मात्रै अनुदान सम्झौता भयो । सम्झौता भएमध्ये ३ लाख ७५ हजार ७ सय १५ परिवारले मात्रै अनुदान पाउन सफल भए । आजको कान्तिपुर दैनिकमा खबर छ ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस्

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy