Ads

Tuesday, September 13, 2016

डनका लाइसेन्सप्राप्त हतियार खोज्दै प्रहरी

Posted By: Samsung - 7:06 PM

Loading...

भदौ २९, काठमाडौं । लाइसेन्सप्राप्त हतियार आपराधिक गतिविधिमा प्रयोग हुन थालेपछि प्रशासनले हतियारको लाइसेन्स रद्द गर्न थालेको छ ।प्रहरीको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले गुन्डागर्दीमा संलग्नको लाइसेन्सप्राप्त हतियार धमाधम खोस्न थालेको हो ।ललितपुर प्रशासनले गत महिना पक्राउ परेका वीरेन्द्र महर्जनको हतियारको लाइसेन्स रद्द गरेको छ । गुन्डागर्दीको आरोपमा गत महिना महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेको थियो ।


Middle post
Loading...
हतियार देखाएर उनले धम्क्याउने गरेको खुलेपछि लाइसेन्स रद्द गरिएको महानगरीय परिसर ललितपुर परिसरका एसएसपी पीताम्बर अधिकारीले बताए । उनका अनुसार हतियारको लाइसेन्स रद्द गरिएको यो पहिलोपटक भएको आजको नयाँ पत्रिकामा समाचार छ ।हातहतियार तथा खरखजना ऐनमा सुरक्षा थ्रेट भएको व्यक्तिहरूलाई मात्र हतियार राख्ने लाइसेन्स दिने व्यवस्था छ । यसका लागि असल चालचलन भएको प्रहरी रिपोर्ट आवश्यक पर्छ ।
तर, प्रहरी र जिल्ला प्रशासनबाटै सोर्सफोर्स र दबाबका आधारमा गुन्डागर्दीमा सक्रिय व्यक्तिहरूले हतियारको लाइसेन्स पाउने गरेको स्रोत बताउँछ । यसरी लाइसेन्स लिनेले नै हतियार देखाएर धम्क्याउने गरेको खुल्दै आएको छ ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy