Ads

Tuesday, September 13, 2016

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

Posted By: Samsung - 7:32 PM

Loading...

भदौ २९ काठमाडौं । स्पेनिस ला लिगाका च्याम्पियन बार्सिलोनाले च्याम्पियन्स लिगको अभियान शानदार जितका साथ सुरु गरेको छ । मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा बार्सिलोनाले स्कटिस क्लब सेल्टिकलाई ७–० ले हराएको हो । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा समूह सीमा रहेको बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले ह्याट्रिक, लुइस स्वारेजले दुई तथा नेइमार र आन्द्रेस इनिएस्टाले एक एक गोल गरे । 
तेस्रो मिनेटमा नै गोल गर्दै मेस्सीले बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । २७ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो हाफमा बार्सिलोनाले थप पाँच गोल गर्‍यो । ५० औं मिनेटमा नेइमार तथा ५९ औं मिनेटमा इनिएस्टाले गोल गरेपछि बार्सिलोनाको अग्रता ४–० मा पुग्यो । ६० औं मिनेटमा मेस्सीले गोल गर्दै ह्याट्रिक पूरा गरे । 

Loading...
त्यसपछि स्वारेजले थप दुई गोल गरे । स्वारेजले ७५ र ८८ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले ७–० को जित सुनिश्चित गर्‍यो । एमएसएनको रुपमा चर्चित मेस्सी, स्वारेज र नेइमारले बार्सिलोनाबाट अहिलेसम्म दुई सय ६६ गोल गरेका छन् भने एक सय २८ गोलका लागि सहयोग गरेका छन् । बार्सिलोनासामु सेल्टिक निकै कमजोर देखियो । समूह सी अन्तर्गत नै राति हुने भनिएको म्यानचेस्टर सिटी र बोरुसिया मोनच्याङग्लेबाचबिचको खेल भने मैदानमा पानी जमेका कारण रोकियो । 

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy