Loading...
भदौ २६, पोखरा । गत शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा’ले शनिबार नेपाली चलचित्रको इतिहासमा व्यवसायिक किर्तिमान कायम गरेको छ ।प्रदर्शनको दोश्रो दिन देशका अधिकांश हलहरुमा हाउसफूलको व्यापार गरेको छ भने कतिपय हलहरुमा त नयाँ रेकर्ड समेत बनाएको छ ।चलचित्रले राजधानीमा मात्रै ८० लाख माथिको व्यापार गरेको छ भने राजधानी बाहिर ४२ लाखको व्यापार गरेको छ ।देशै भरि एक दिनमा एक करोड २२ लाख लाख मथिकी कलेक्सन गर्दै एक दिनमा धेरै कलेक्सन गर्ने रेकर्ड राख्दै ‘छक्का पञ्जा’ नया इतिहास बनाएको छ ।यो नै कुनै पनि चलचित्रले एक दिनमा गरेको सबै भन्दा ठुलो व्यापार हो ।
देशको ८० भन्दा बढी हल बाट एक साथमा प्रदर्शनमा आएको ‘६क्का पञ्जा’प्रदर्शनले शुक्रबार ३३ लाख माथिको कलेक्सन गरेको गरेको थियो ।दुइ दिनमा नै चलचित्रले एक करोड ५५ लाख माथिको व्यापार गरेको छ ।चलचित्र ‘छक्का पञ्जा’ हेर्न शनिबार देशै भरि जनलहर नै उर्लेर सिनेमा घरमा पुगेका थिए ।
‘छक्का पञ्जा’ ले काठमाण्डौका चावाहिलस्थित गोपिकृष्ण मुभिजमा नयाँ इतिहास बनाएको छ ।शनिबार मध्यान्ह्को शोमा ६ वटा हाउसफूल हुँदा पनि दर्शकको चाप हलको प्राङ्गणमा थामी सक्नु थिएन ।बालाजुको अष्टनारायण हलमा पनि दर्शकको चाप थामी सक्नु थिएन ।मल्टिप्लेक्स हलहरु पुरै हाउसफूल भएका थिए ।गोपिकृष्णमा १० लाख माथि र अष्टनारायण हल ७ लाख माथिको शनिबार मात्रै चलचित्रले कलेक्सन गरेको छ ।निर्माता दीपक राज गिरि र वितरक गोपालकाजी कायस्थले शनिबार राजधानीमा मात्रै ८० लाख माथिको व्यापार गरेको पुस्टि गर्नु भयो ।अर्का वितरक नरेन्द्र महर्जनले राजधानी बाहिर ४२ लाख माथिको कलेक्सन भएको पुस्टि गर्नु भयो ।
Loading...
चलचित्र ‘छक्का पञ्जा’ कलाकार दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र हो ।दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, बुद्धि तामाङ्ग ‘हैट’, बर्षा शिवाकोटी, नम्रता सापकोटा, सुमन गिरी लगायतको चलचित्रमा मुख्य भूमिका रहेको छ ।
Loading...




0 comments:
Post a Comment