Ads

Sunday, September 11, 2016

छोरालाई विदेश पठाएँ, बुहारी घर छाडेर हिँडी

Posted By: Samsung - 7:35 AM
दुई वर्ष अघिको कुराले मलाई सँधै सताउने भयो । २०७१ वैशाखमा छोरालाई मेरो लुगा सिलाउन हरैयामा रहेको छोरीको घर पठाएँ । दिदिको घर जाँदा चैनी लोहारसँग उसको भेट भएछ । 
त्यही बेला दुवैले नम्बर साटासाट लिएर फोन गर्न थालेका रहेछन । त्यसको चार महिनापछि मलाई विहे गर्छु भन्यो । मैले विहे गर्न त केटी चाहियो नि ? भनें । तर उसले मैले दिदीको गाउँकी केटी हेरिसकेको छु भनेर चैनीको नाम लियो । उसले भनेपछि छोरीको घर जाने निहुँ पारेर म चैनीलाई हेर्न गएँ । त्यहाँ पुगेपछि केटिसँग जात नमिल्ने थाहा पाएँ । त्यसैले  छोरालाई  त्यो केटीसँग हाम्रो जात मिल्दैन उसँग विहे नगर भनें । तर  रामदरेशले  विहे गर्ने भए चैनीसँगै गर्छु नभए गर्दिन भनेर रिसाएर हिँड्यो । 
रिसाएर हिँडेको एक महिनापछि मन्दिरमा विवाह गरेर घरमा ल्यायो । छोराले विवाह गरेर ल्याईहाल्यो अब किन नकार्नु भनेर मैले स्वीकारें । अनि हतार हतार एक लाख ५० हजार रुपैयाँ ऋण खोजेर धार्मिक परम्परा अनुसार विहे गरिदिएँ । 
छोरा विहेपछि खुशी नै थियो । म पनि छोराको खुशीमा खुशी नै थिएँ । विवाह भएको चार महिना पछि छोराले विदेश जाने प्रस्ताव राख्यो । नेपालमा काम गरेर कमाउने कुनै विकल्प थिएन । त्यसैले मैले अनुमति दिएँ । 
अनुमति सँगै विदेश जान चाहिने एक लाख ५० हजार रुपैयाँ खोज्नै जिम्मा पनि मेरै थियो । त्यसैले सय कडा तीन रुपैयाँको दरले पैसा खोजेर छोरालाई दिएँ । छोरालाई एजेण्ट विन्देश्वर रायले एक लाख २५ हजार रुपैयाँमा दुवईमा महिनाको ३० हजार कमाई हुने भन्दै एयरपोर्ट क्लिनरमा पठायो ।
ऊ विदेश गएपछि बेला बेलामा फोन गर्दथ्यो । पैसा चाहिँ बुवाको नाममा पठाउँथ्यो । ओभर टाइम पनि गरेर महिनाको ५० हजार जति हुँदो रहेछ उसको कमाई । उसले पठाएको पैसाले नै विहे गर्दा लिएको ऋण तिरें । 
छोराले पैसा पठाएपिच्छे श्रीमानसँग मागेर पाँच हजार रुपैयाँ चैनीलाई खर्चका लागि दिन्थें । घरको व्यावहार जेठो छोराले हेथ्र्यो । अनि बाहिरको काम जेठी बुहारीले । त्यसैले चैनीलाई त्यति धेरै कामको बोझ पनि थिएन । 
तर सोचे जस्तो कहाँ हुँदो रहेछ र ? एक दिन चैनीलाई खाना पकाएर ल्याउनु भनेर अरु हामी खेतमा गएका थियौं । तर ऊ आइन । किन आइन त भनेर बोलाउँदै बोलाउँदै घर पुगें । भान्सामा पुग्दा भात पाकेको थिएन अनि चैनी पनि घरमा थिइन । चैनीको कोठाको दराज खुल्लै थियो । गरगहना केहि थिएन । मैले चैनी कहाँ गइछ भनेपछि छिमेकले १० बजेतिर नै झोला बोकेर गई भने । 
बुहारी हराएपछि मैले हरैयामा रहेका चैनीको बुवा विन्देश्वर ठाकुरलाई फोन गरें । तर उहाँले छोरी यहाँ आएकी छैन भन्नुभयो । पाँच महिना जति खोज्दा पनि फेला पार्न सकिनँ ।  अहिले उसले त अर्कैसँग विहे गरेको थाहा पाएँ । छोरा पनि आफुले हतारको निर्णयका कारण अहिले पछुताइरहेको छ । मैले पहिला सम्झाउँदा मानेन । अब अहिले पछुताएर के गर्नु ?  
(ग्रामिण नारी उत्थानका मनोसामाजिक परामर्शकर्तासँगको कुराकानीमा आधारित  )

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy