Ads

Tuesday, September 13, 2016

दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन प्रधानमन्त्रीलाई दलहरुको सुझाव

Posted By: Samsung - 2:41 AM

Loading...



भदौ  २८, काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने र विगतका सम्झौताहरुलाई कार्यान्वयनमा लाने दिशामा केन्द्रित गर्न सुझाइएको छ । प्रधानमन्त्री दाहालले आज आफ्नै निवास बालुवाटारमा परामर्शका लागि बोलाउनुभएको सर्वदलीय बैठकमा सहभागी भएका दलका नेताहरुले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन आग्रह गरेका हुन् । 

छलफलमा सहभागी नेपाली काँग्रेसका नेता भरत खड्काले असाधारण परिस्थितिमा आएको प्रधानमन्त्री दाहालको भारत भ्रमणका विषयमा कसैले पनि शङ्का र उपशङ्का गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो – “भारत भ्रमणमा पुष्पकमल दाहाल जान लागेको होइन, प्रधानमन्त्री जान लाग्नुभएको हो, त्यो संस्था हो र त्यसलाई विश्वास गर्नुपर्छ । छिमेकी मुलुकसँग स्पष्ट कुरा राखेर सम्बन्धलाई थप उचाइमा पु¥याउन पहल हुनुपर्छ ।” नेता खड्काले प्रधानमन्त्री उच्च मनोबलका साथ भारत भ्रमणमा जाने विश्वास पनि व्यक्त गर्नुभयो । 

Loading...
भारत भ्रमणमा जाँदा आफूसँग खास नयाँ मुद्दा नभएको दलका नेतालाई प्रधानमन्त्री दाहालले बताउनुभएपछि आफूहरुले विगत केही समय अगाडि राजनीतिक तहमा दुई देशको सम्बन्ध चिसिएको र त्यसलाई सुधार्न प्रधानमन्त्री दाहालको भारत भ्रमण सफल होस् भनी शुभकामना दिएको सङ्घीय समाजवादी फोरम नेपालका नेता अशोक राईले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपाल–भारत सम्बन्धलाई अझ उँचो बनाउन र विगतमा दुई देशबीच भएका विभिन्न सन्धि र सम्झौतालाई कार्यान्वयनमा लान नेताहरुले सुझाव दिएका थिए । साउन १९ गते व्यवस्थापिका–संसद्बाट काँग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएका दाहालले यही भदौ ३० गतेदेखि भारतको चारदिन लामो भ्रमण गर्दै हुनुहुन्छ । 

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy