Ads

Monday, September 19, 2016

बागलुङमा पहिरोले एकै परिवारका चारको मृत्यु

Posted By: Samsung - 2:18 AM

Loading...


असोज ३ ,बागलुङ   । घरमाथिबाट खसेको पहिरोमा परी बुङ्गादोभान–४ रिङ्लाङस्थित एकै परिवारका चारजनाको मृत्यु भएको छ । गएराति खसेको पहिरोमा परी गङ्गाधर रोकाकी ३८ वर्षीया श्रीमती भीमकुमारी, १४ वर्षीया छोरी इन्द्रकुमारी, १२ वर्षीय छोरा इन्द्रजीत र नौ वर्षीया छोरी मायादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठूलो ढुङ्गासहित खसेको पहिरोले रोकाको घर पूर्णरुपमा क्षति भएको जनाइएको छ । उद्धार र घटनाको अनुसन्धानका लागि बुङ्गादोभान प्रहरी चौकी र इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी खटिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिनुभयो । रोकाको घरमा रहेका ३० भन्दा बढी कुखुरा पनि पहिरोमा परी नष्ट भएको प्रहरीले जनाएको छ । 

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy