Ads

Monday, September 12, 2016

कक्षा १२ को परीक्षामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत परिक्षार्थी पास

Posted By: Samsung - 6:05 AM

Loading...


भदौ २७, भक्तपुर। कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित भएको छ । सोमबार आज सार्वजनिक भएको नतिजामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत पास भएका छन् । त्यस्तै आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत पास भएका छन् ।नियमिततर्फ सहभागी एक लाख ७५ हजार पाँच सय ९३  जनामध्ये ८४ हजार पाँच सय ९३ जना पास भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  
आंशिकतर्फ सहभागी भएका एक लाख २३ हजार एक सय ८१ जना सहभागी भएकोमा ४८ हजार सात सय ६३ जना पास भएका बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । एक विषयसम्म फेल भएकाको मौका परीक्षा कात्तिक ६ गते हुने पनि उहाँले जानकारी दिनुभयो ।
रिजल्टको लागी तलको लिंकमा क्लिक गर्नुहोस् :
Loading...
नतिजा थाहा पाउन मोबाइलमा एचएसइबी टाइप गरेर ३५५६६ मा एसएमएस गर्न सकिनेछ । गत बैशाखमा सञ्चालित परीक्षामा नियमितमा ३८ र आंशिकमा ३६ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ । स्रोत:उज्यालो अनलाईन

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy