Ads

Tuesday, September 20, 2016

नेपालमा दुई करोड ९४ लाख १९ हजारमा मोबाइल सेवाको पहुँच

Posted By: Samsung - 7:24 PM

Loading...

असोज ५ , काठमाडौं । ५ असोज, काठमाडौं । दूरसञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको मोबाइल सेवामा नेपाली जनताको पहुँच दु्रततर बन्दै गएको छ ।दूरसञ्चार क्षेत्रको नियमन निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हरेक दिन मोबाइल सेवामा दस हजार नयाँ ग्राहक थपिन्छन् ।
प्राधिकरणले जेठ महिनासम्म सार्वजनिक गरेको दूरसञ्चारसम्बन्धी प्रतिवेदनअनुसार पछिल्लो पाँच महिनामा हरेक दिन औसत सो सङ्ख्या बराबर मोबाइल सेवाको पहुँच थपिँदै गएको पाइएको हो ।तथ्याङ्क अनुसार गत माघदेखि जेठ महिनासम्म हरेक महिना औसत तीन लाखभन्दा बढी ग्राहक थपिँदै गएका अाजकाे गोरखापत्रमा समाचार छ ।
अहिले मोबाइल सेवाको पहुँच नेपालको कुल जनसङ्ख्याभन्दा निकै बढी पुगेको छ ।  प्रतिवेदनअनुसार दुई करोड ९४ लाख १९ हजारमा मोबाइल सेवाको पहुँच पुगेको छ। त्यसमध्य सीडीएमए मोबाइल प्रयोगकर्ताको सङ्ख्या १४ लाखभन्दा केही बढी रहेको छ ।  बाँकी सबै ग्लोबल सिस्टम फर मोबाइल (जीएसमए)को रहेको छ।
हाल नेपालमा तीनवटा दूरसञ्चार सेवा प्रदायकले मोबाइल सेवा उपलब्ध गराइरहेका छन् ।  नेपाल टेलिकमले जीएसएम र सीडीएमए दुवै तथा एनसेल र स्मार्ट टेलिकमले जीएसएममा आधारित मोबाइल सेवा प्रदान गर्दै आएका छन् ।
जसमध्ये पछिल्लो तथ्याङ्क अनुसार सीडीएमए र जीएसमए गरी टेलिकमका एक करोड ४८ लाख, एनसेलका एक करोड ४० लाख र स्मार्ट टेलिकमका करिब १४ लाख मोबाइल प्रयोगकर्ता छन् ।  सेवा प्रदायकले आफ्नो नेटवर्क विस्तारलाई पछिल्लो समय प्राथमिकता दिएकाले पनि सिम खरिद गर्ने ग्राहक बढेको एनसेलका कम्युनिकेसन एक्सपर्ट मिलनमणि शर्माको भनाइ छ ।
भिडियो हेर्नको लागी तल क्लिक गर्नहोस्


Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy