Ads

Wednesday, September 21, 2016

ओबामालाई भेटे परराष्ट्रमन्त्री डा.महतले, विदेशमन्त्री केरीको नेपाल आउने इच्छा

Posted By: Samsung - 9:08 PM

काठमाडौँ, ६ असोज । अमेरिकी राष्ट्रपति बाराक ओबामा र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतबीच न्युयोर्कमा भेट भएको छ । परराष्ट्रमन्त्री डा. महत संयुक्त राष्ट्रसंघको ७१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा अमेरिकामा छन् ।

Loading...
संयुक्त राष्ट्रसंघको ७१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख एं् प्रतिनिधिमण्डलका नेताको सम्मानमा अमेरिकी राष्ट्रपति ओबामाले मंगलबार साँझ न्युयोर्कमा आयोजना गरेको स्वागत समारोहमा राष्ट्रपति ओबामासँग परराष्ट्रमन्त्री डा.महतको भेट भएको हो ।
सोही समारोहमा परराष्ट्रमन्त्री डा.महत र अमेरिकी विदेशमन्त्री जोन केरीबीच संक्षिप्त कुराकानी भएको छ । त्यस क्रममा नेपाल अमेरिका द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको न्युयोर्कबाट मन्त्री महतले जानकारी दिए । कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री केरीले आफू नेपाल जान इच्छुक रहेको र यसअघि पनि आफूले नेपाल जाने योजना बनाएकामा परिस्थितिबस स्थगित भएको जानकारी गराएका थिए ।
“म अघिल्लो पटक भारत भ्रमण गर्दा नेपाल जान चाहेको थिएँ, त्यतिखेर व्यस्तताले गर्दा मिलेन, अब कुनै उपयुक्त समयमा म नेपालको भ्रमण गर्नेछु, नेपालको विकास र समृद्धिमा अमेरिका सधैँ सहयोग गर्न तयार छ,’ विदेशीमन्त्री केरीले भने । अमेरिकी विदेशमन्त्री केरीले नेपालका पर्यटकीय गन्तव्यमध्ये कुनै एक गन्तव्यको पदयात्रा गर्ने इच्छासमेत व्यक्त गरेको परराष्ट्रमन्त्री महतले जानकारी दिए ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy