Loading...
असोज ६, काठमाडौं ।एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको म्यादी सरकार देशमा चुनावै नगराउने मुडमा देखिएको आरोप लगाएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बुधबारबाट सुरु भएको सातौँ केन्द्रीय कमिटी बैठकको अध्यक्षता गर्दै ओलीले त्यस्तो आरोप लगाएका हुन् ।चुनाव नगर्ने सरकारी षड्यन्त्रविरुद्ध बैठकपछि देशैभर दबाब अभियानमा जुट्न उनले केन्द्रीय सदस्यहरूलाई निर्देशन पनि दिए । ‘हामीले बनाएको संविधान कार्यान्वयन तालिका शिथिल बनाउनेबाहेक यो सरकारले फागुन–चैतमा पनि चुनाव गराउन कानुनीलगायतका तयारी देखिएन,’ ओलीले भने, ‘सत्तामा रहुन्जेल यो सरकार चुनाव गराउने मुडमा देखिएन ।’लिखित कागजसहित म्याद तोकिएको म्यादी सरकार चुनावी तयारीप्रति गैरजिम्मेवार रहेको आरोप लगाउँदै उनले थपे, ‘अर्को बन्ने पनि म्यादी नै हुनेछ, त्यसैले चुनावको, देशको कुनै चिन्ता छैन, त्यसैले हामी अब देशैभर चुनावका लागि दबाब दिन अभियान केन्द्रित गर्छौं ।’
परराष्ट्र सम्बन्ध सञ्चालनमा अतिरिक्त हाउभाउओलीले आफू नेतृत्वको सरकारले भारत र चीनसँग गरेको विशाखपटनम बन्दरगाह प्रयोग सम्झौतादेखि पारवाहन तथा यातायात सम्झौता कार्यान्वयनमा आलटाल गरेर वर्तमान सरकारले शिथिलता देखाएको बताए । उनले परराष्ट्र सम्बन्धलाई समेत असन्तुलित बनाएको दाबी गरे । ‘सरकार बनेकै भोलिपल्ट कुनै ठूलो विशेष समस्या र एजेन्डाबिना दुई देशमा उपप्रधानमन्त्रीलाई विशेष दूत पठाएर परराष्ट्र सम्बन्ध सञ्चालनमा अतिरिक्त हाउभाउ देखाइयो,’ ओलीले भने, ‘परराष्ट्र सम्बन्ध नाटक देखाएर होइन, जिम्मेबार ढंगले सञ्चालन गर्ने मामिला हो ।’
एमालेलाई प्रचण्डले भारतविरोधी बिल्ला भिराएभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका उच्च अधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले एमालेलाई भारतविरोधी बिल्ला भिराएको भन्दै ओलीले आक्रोश पनि पोखे । ‘विदेशी भूमिमा पुगेर प्रचण्डले देशभित्रका पार्टीहरूको आलोचना गरे, एमालेलाई भारतविरोधी बिल्ला भिराए, छिमेकी मुलुकविरुद्ध टिप्पणी गरेर अकूटनीतिक र अमर्यादित व्यवहार देखाए,’ उनले भने, ‘एमाले भारत या चीनविरोधी पार्टी होइन, एमाले राष्ट्रिय हित र स्वाभिमानको पक्षमा छ ।’
आन्तरिक समस्या चर्काउनेसँग सजग होऔँअहिले एमालेभित्र समस्या छ भन्ने भ्रमपूर्ण प्रचार गराएर एमालेलाई कमजोर बनाउने कोशिश भइरहेको उनले बताए । ओलीले भने, ‘एकातिर भ्रमपूर्ण प्रचार गरिँदै छ, अर्कातिर एमालेभित्र समस्या छ भन्ने प्रचार गराएर आन्तरिक द्वन्द्व चर्काउन खोजिँदै छ । यी सबै षड्यन्त्रविरुद्ध सजग हुँदै एकताबद्ध भएर पार्टीलाई भ्रमपूर्ण प्रचारविरुद्धको अभियानमा केन्द्रित गर्नुपर्छ ।’
आठ एजेन्डा, नौ समूहसचिव योगेश भट्टराईका अनुसार केन्द्रीय कमिटी बैठकमा आठवटा एजेन्डामाथि छलफल हुँदै छन् । अध्यक्षको राजनीतिक प्रतिवेदन, स्थानीय निकायको पुनर्संरचना ९संख्या र सीमा०, पार्टी प्रवेश गरेकाहरूको व्यवस्थापन, प्रदेश संगठन कमिटीका सम्बन्धमा, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयन, केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन, स्थायी समितिका निर्णयहरूको अनुमोदन र केन्द्रीय आयोगहरूका प्रतिवेदन बैठकमा एजेन्डा छन् । अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न सात प्रदेश, केन्द्रीय विभाग र फाँटसहित केन्द्रीय कमिटी सदस्यहरूका नौवटा समूह बनाइएको र ती समूहहरूले बिहीबारबाट सुझाब राख्ने भट्टराईले बताए ।
एमाले सिमलको भुवा होइनओलीले एमालेलाई तराईविरोधी र पहिचानविरोधी पार्टीका रूपमा भ्रमपूर्ण प्रचार गरेर मुलुकलाई कमजोर तुल्याउन खोजेको भन्दै प्रतिवादसमेत गरे । ‘एमालेलाई तराईविरोधी, पहिचानविरोधी पार्टी भन्दै भ्रमपूर्ण हल्ला चलाएर नेपाललाई कमजोर तुल्याउन खोजिँदै छ,’ उनले भने, ‘एमाले सिमलको भुवाजस्तो पार्टी होइन, हावा चल्नेबितिक्कै उडिहालोस्, यो त ६७ वर्षको इतिहास बोकेको, विभिन्न उतार–चढाव बेहोर्दै आएको, लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि राजनीति–वैचारिक अगुवाइ गरेको मधेसी, जनजाति, मुस्लिम, अल्पसंख्यक सबैको पार्टी हो ।’ – नयाँ पत्रिका
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
असोज ६, काठमाडौं ।एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको म्यादी सरकार देशमा चुनावै नगराउने मुडमा देखिएको आरोप लगाएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बुधबारबाट सुरु भएको सातौँ केन्द्रीय कमिटी बैठकको अध्यक्षता गर्दै ओलीले त्यस्तो आरोप लगाएका हुन् ।
चुनाव नगर्ने सरकारी षड्यन्त्रविरुद्ध बैठकपछि देशैभर दबाब अभियानमा जुट्न उनले केन्द्रीय सदस्यहरूलाई निर्देशन पनि दिए । ‘हामीले बनाएको संविधान कार्यान्वयन तालिका शिथिल बनाउनेबाहेक यो सरकारले फागुन–चैतमा पनि चुनाव गराउन कानुनीलगायतका तयारी देखिएन,’ ओलीले भने, ‘सत्तामा रहुन्जेल यो सरकार चुनाव गराउने मुडमा देखिएन ।’
लिखित कागजसहित म्याद तोकिएको म्यादी सरकार चुनावी तयारीप्रति गैरजिम्मेवार रहेको आरोप लगाउँदै उनले थपे, ‘अर्को बन्ने पनि म्यादी नै हुनेछ, त्यसैले चुनावको, देशको कुनै चिन्ता छैन, त्यसैले हामी अब देशैभर चुनावका लागि दबाब दिन अभियान केन्द्रित गर्छौं ।’
परराष्ट्र सम्बन्ध सञ्चालनमा अतिरिक्त हाउभाउ
ओलीले आफू नेतृत्वको सरकारले भारत र चीनसँग गरेको विशाखपटनम बन्दरगाह प्रयोग सम्झौतादेखि पारवाहन तथा यातायात सम्झौता कार्यान्वयनमा आलटाल गरेर वर्तमान सरकारले शिथिलता देखाएको बताए । उनले परराष्ट्र सम्बन्धलाई समेत असन्तुलित बनाएको दाबी गरे । ‘सरकार बनेकै भोलिपल्ट कुनै ठूलो विशेष समस्या र एजेन्डाबिना दुई देशमा उपप्रधानमन्त्रीलाई विशेष दूत पठाएर परराष्ट्र सम्बन्ध सञ्चालनमा अतिरिक्त हाउभाउ देखाइयो,’ ओलीले भने, ‘परराष्ट्र सम्बन्ध नाटक देखाएर होइन, जिम्मेबार ढंगले सञ्चालन गर्ने मामिला हो ।’
एमालेलाई प्रचण्डले भारतविरोधी बिल्ला भिराए
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका उच्च अधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले एमालेलाई भारतविरोधी बिल्ला भिराएको भन्दै ओलीले आक्रोश पनि पोखे । ‘विदेशी भूमिमा पुगेर प्रचण्डले देशभित्रका पार्टीहरूको आलोचना गरे, एमालेलाई भारतविरोधी बिल्ला भिराए, छिमेकी मुलुकविरुद्ध टिप्पणी गरेर अकूटनीतिक र अमर्यादित व्यवहार देखाए,’ उनले भने, ‘एमाले भारत या चीनविरोधी पार्टी होइन, एमाले राष्ट्रिय हित र स्वाभिमानको पक्षमा छ ।’
आन्तरिक समस्या चर्काउनेसँग सजग होऔँ
अहिले एमालेभित्र समस्या छ भन्ने भ्रमपूर्ण प्रचार गराएर एमालेलाई कमजोर बनाउने कोशिश भइरहेको उनले बताए । ओलीले भने, ‘एकातिर भ्रमपूर्ण प्रचार गरिँदै छ, अर्कातिर एमालेभित्र समस्या छ भन्ने प्रचार गराएर आन्तरिक द्वन्द्व चर्काउन खोजिँदै छ । यी सबै षड्यन्त्रविरुद्ध सजग हुँदै एकताबद्ध भएर पार्टीलाई भ्रमपूर्ण प्रचारविरुद्धको अभियानमा केन्द्रित गर्नुपर्छ ।’
आठ एजेन्डा, नौ समूह
सचिव योगेश भट्टराईका अनुसार केन्द्रीय कमिटी बैठकमा आठवटा एजेन्डामाथि छलफल हुँदै छन् । अध्यक्षको राजनीतिक प्रतिवेदन, स्थानीय निकायको पुनर्संरचना ९संख्या र सीमा०, पार्टी प्रवेश गरेकाहरूको व्यवस्थापन, प्रदेश संगठन कमिटीका सम्बन्धमा, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयन, केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन, स्थायी समितिका निर्णयहरूको अनुमोदन र केन्द्रीय आयोगहरूका प्रतिवेदन बैठकमा एजेन्डा छन् । अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न सात प्रदेश, केन्द्रीय विभाग र फाँटसहित केन्द्रीय कमिटी सदस्यहरूका नौवटा समूह बनाइएको र ती समूहहरूले बिहीबारबाट सुझाब राख्ने भट्टराईले बताए ।
एमाले सिमलको भुवा होइन
ओलीले एमालेलाई तराईविरोधी र पहिचानविरोधी पार्टीका रूपमा भ्रमपूर्ण प्रचार गरेर मुलुकलाई कमजोर तुल्याउन खोजेको भन्दै प्रतिवादसमेत गरे । ‘एमालेलाई तराईविरोधी, पहिचानविरोधी पार्टी भन्दै भ्रमपूर्ण हल्ला चलाएर नेपाललाई कमजोर तुल्याउन खोजिँदै छ,’ उनले भने, ‘एमाले सिमलको भुवाजस्तो पार्टी होइन, हावा चल्नेबितिक्कै उडिहालोस्, यो त ६७ वर्षको इतिहास बोकेको, विभिन्न उतार–चढाव बेहोर्दै आएको, लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि राजनीति–वैचारिक अगुवाइ गरेको मधेसी, जनजाति, मुस्लिम, अल्पसंख्यक सबैको पार्टी हो ।’ – नयाँ पत्रिका
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...
Loading...


0 comments:
Post a Comment