Loading...
३१ भदौ, काठमाडौं । सफ्टवेयरमा समस्या आउँदा देशको एकमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा दिनभर समस्या आएको छ ।
कार्गोमा सञ्चालनमा रहेको ‘आसिकुडा’ सफ्टवेयरमा समस्या आएकाले करिब १० टन समान भन्सार पास हुन सकेको छैन् ।
‘यात्रुले ल्याउने समानको भन्सार पासमा कुनै समस्या छैनन्’ कार्गोका टंक पौडेलले भने ‘कार्गो गरेर आएको सामान पासमा मात्र समस्या हो ।’
समस्या समाधानका लागि प्रयास भइरहेको त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले जनाएको छ ।
Loading...


0 comments:
Post a Comment