Ads

Monday, September 19, 2016

बसका सहचालकले भेटेको १० तोला सुन फिर्ता दिए

Posted By: Samsung - 12:17 AM

पोखरा—स्याङजा सिर्सेकोट–९ निवासी केशरी अधिकारीले बसमा छोडेको १० तोला बराबरका सुनका गहनासहितको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गरेका छन्।

यही भदौ २४ गते शुक्रबार माइती गल्याङबाट घर फर्कंदै गरेकी अधिकारीको झोला गल्याङबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३४२० नम्बरको बसमा १० तोला सुनसहितको छुटेको थियो। तीजमा माइत जाँदा लगाएको सुन घर फर्किने क्रममा बाटोमा लगाउँदा असुरक्षित हुन्छ भनेर सुरक्षाका लागि झोलामा राखिएकोमा झोला बसमा छोडिएपछि उनी र उनको परिवार चिन्तामा परेको थियो।

अधिकारी परिवारले सुनको माया मारिसकेका थिए। बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले बस सफा गर्ने क्रममा झोला फेला पारेपछि पृथ्वी राजमार्ग बस सञ्चालक समितिको कार्यालयमा पुगेर आफूले फेला पारेको झोला बुझाइदिए। झोला हराएपछि अधिकारी परिवारको पहिलो सम्पर्क एउटा बसका चालक थलबहादुर बरुवालसँग भयो। बरुवालले अधिकारी परिवारको गुनासो समितिमा सुनाउँदा सहचालक क्षेत्रीले झोला समितिमा बुझाइसकेका थिए।

समितिका कर्मचारीले अधिकारी परिवारलाई झोला सुरक्षित रहेको जानकारी गराउँदै लिन आउन सूचना गरेपछि आएका अधिकारी परिवारलाई समितिले एक कार्यक्रमबीच सोमबार १० तोला सुनसहितको झोला हस्तान्तरण गरे।

उक्त कार्यक्रममा सहचालक क्षेत्रीलाई नगदसहित सम्मान गरियो। 'म श्रम गरेर खान्छु, बेइमानी कहिल्यै पनि गर्दिन', सामान बुझाउने क्रममा भावुक हुँदै सहचालक क्षेत्रीले भने, 'फेला परेको सामान बुझाउन पाउँदा म निकै खुसी छु।'

'बसका कर्मचारी इमान्दार हुन्छन् भन्ने प्रमाण चन्द्रले प्रमाणित गर्नुभएको छ', पृथ्वी राजमार्ग बस सञ्चालक समितिका कार्यालय प्रमुख वसन्त बास्कोटाले भने, 'उहाँबाट धेरैले पाठ सिक्नुपर्छ।' हराएको सम्पत्ति पाउँदा निकै खुसी लागेको स्याङजाबाट सामान बुझ्न आएका केशरीका जेठाजु दयाराम पराजुलीले बताए।

'हामी निकै खुसी छौँ, बसमा हराएको सामान फेला पर्दैन होला भन्ने लागेको थियो तर फेला पर्‍यो', पराजुलीले भने, 'चन्द्र भाइ साह्रै इमान्दार कर्मचारी रहेछन्।'

सामान फेला पार्ने क्षेत्रीलाई पाँच हजार रुपैयाँ नगद र समितिसम्म सम्पर्क गराइदिने बरुवाललाई तीन हजार रुपैयाँ नगदसहित सामान बुझ्ने क्रममा सम्मान गरिएको थियो। वासुदेव पौडेल/रासस

भिडियो हेर्न तल क्लिक गर्नुहोस


Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy