Loading...
न्यूजनेपाल २४
भदौ ३०, पोखरा । नेपालीहरुको महान पर्व बडादशैँ नजिकिदै गर्दा सांगीतिक बजारमा दशैँ सम्बन्धी गीतहरु सार्वजनिक भईरहेका छन् । कलाकारहरुको दशैँ बिशेष गीतहरु बजारमा आउँदा सांगीतिक क्षेत्र दशैँमय बनिरहेको छ । यसैक्रममा बडादशैँ तथा दिपावलीलाई लक्षित गर्दै नेपाली लोकदोहारी तथा सुगम संगीत क्षेत्रका लोकप्रिय सर्जक एवंम गायक सन्तोष केसीको 'ए परदेशी फर्कि आउ घर' सार्वजनिक भएको छ ।
गीतमा लय र स्वर सर्जक एवंम गायक सन्तोष के.सी.को छ भने गायनमा उनलाई चर्चित गायिका बिष्णु माझिको साथ मिलेको छ ।गीतको शब्द तिकराम अधिकारीले लेखेका हुन् । ।चाडपर्वको बेला श्रीमतिले घर आउन आग्रह गर्दा ऋणका कारण श्रीमान् नफर्केको कथाबस्तुमा गीत तयार पारिएको सर्जक एवंम गायक सन्तोष के.सी.ले बताए । चाड पर्व आउदा घर फर्किने मन हुँदाहुदै पनि बाध्यतावश प्रदेशमामा बस्नु पर्नेहरुको यर्थाथ गितमा रहेको केसीको भनाई छ ।
Loading...
चर्चित निर्देशक शंकर बि.सीको निर्देशनमा तयार पारिएको गतिको भिडियोमा चर्चित मोडल बाबुराम बोहोरा र रञ्जिता गुरुङको अभिनय छ । गीत एसएस डिजिटलमार्फत तिलकराम अधिकारीको प्रस्तुतिमा बजारमा आएको हो ।
भिडियो हेर्नुहोस्:
Loading...


0 comments:
Post a Comment