Ads

Monday, September 12, 2016

निर्देशिका विपरीत प्रधानमन्त्रीको भारत भ्रमण टोली ४२ सदस्यीय जम्बो

Posted By: Samsung - 6:38 PM

Loading...


भदौ २८, काठमाडौं । प्रधानमन्त्रि प्रचण्डको बिहीबारदेखि हुने भारत भ्रमणमा ४२ सदस्य रहेने भएका छन् ।सरकारले ४२ जनाको खर्च बेहोर्ने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए । सरकारले प्रचलित विदेश भ्रमण निर्देशिका विपरीत  भ्रमण टोली जम्बो बनाएको छ ।

हाल प्रचलनमा रहेको विदेश भ्रमण निर्देशिकामा प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणमा सरकारी खर्चमा अधिकतम २३ जना सहभागी गराउन सकिने उल्लेख रहेको आजको अन्नपूर्णमा समाचार छ ।


Loading...
यद्यपि प्रधानमन्त्री प्रचण्डले भ्रमण टोली सानो बनाउन परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएका थिए । भ्रमण दलका रहने व्यापारिक समुदाय र सञ्चारमाध्यमका प्रतिनिधि र निजी सञ्चारमाध्यमका प्रतिनिधिको खर्च भने सरकारले वेहोर्ने छैन ।

प्रधानमन्त्री साथमा पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशसरण महत, भौतिक योजनामन्त्री रमेश लेखक, विभिन्न दलका सांसद विभिन्न मन्त्रालयका सचिव तथा उच्च अधिकारी, पत्रकार र व्यापारीलगायत रहने छन् ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy