Ads

Wednesday, September 21, 2016

श्रीमान् वैदेशिक रोजगारमा गएपछि अस्थायी परिवारनियोजनको साधन प्रयोगकर्ता घटन थालेको छ । के हो त कारण ?

Posted By: Samsung - 1:42 AM

रोल्पा, ५ रोल्पा । अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएका कारण रोल्पा जिल्लामा 
जिल्ला जनस्वास्थ्य कार्यालयकाअनुसार अघिल्लो आर्थिक वर्षमा अस्थायी परिवारनियोजनको साधन प्रयोगकर्ता ३८ प्रतिशत रहकोमा गतवर्ष यो दर घटेर ३७ प्रतिशतमा झरेको छ । घरमा श्रीमान् हुँदा गर्भवती हुने डरका कारण अस्थायी साधन प्रयोगकर्ता बढ्ने गरेको भए पनि रोल्पाका अधिकांश विवाहित पुरुष वैदेशिक रोजगारीमा रहेकाले अस्थायी परिवारनियोजनको साधन आवश्यक नहुँदा तिनको प्रयोगकर्ता घटेको हुनसक्ने उक्त कार्यालयका नर्स आशा थापाले बताउनुभयो ।

Loading...
परम्परागत सुरक्षित तरिका अपनाएर पनि शारीरिक सम्बन्ध राख्ने दम्पतीको सङ्ख्यामा आएको वृद्धिले पनि अस्थायी साधन प्रयोगकर्ता घटेको हुनसक्ने उहाँको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा पिल्स १०४३ जना, डिपो चार हजार ४८४ जना र नरपलान्ट पाँच हजार ४२० जनाले प्रयोग गरेकामा गत वर्ष पिल्स ९८२ जना, डिपो तीन हजार ४९१ जना, नरप्लान्ट ७१६ जनाले प्रयोग गरेका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय र मातहतका स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्या अघिल्लो वर्ष ८४ प्रतिशत रहेकामा गतवर्ष ८५ प्रतिशत पुगेको छ ।


 श्रीमतीसँग सम्बन्ध नटुटोस भनेर यसो गरिन्छ

यो न्युज पनि पढ्नुहोस् : श्रीमतीसँग सम्बन्ध नटुटोस भनेर यसो  गरिन्छ 


जिल्लामा अझै १५ प्रतिशत महिलाले असुरक्षित प्रसूति गराउने देखिएको छ । स्वास्थ्य संस्थामा २० वर्ष मुनिका महिला गर्भ परीक्षण गराउन निकै कम आउने गरेको देखिएको छ । कम उमेरमै विवाह गरी गर्भवती हुने महिला लाजले पजि स्वास्थ्य संस्थामा निकै कम आउने गरेको थापाले बताउने भयो । जिल्लामा कम उमेरमै गर्भवती हुने महिलाले नियमित रुपमा स्वास्थ्य संस्थाबाट परीक्षण नगराउने गरेकाले मातृ तथा शिशुको मृत्युमा अपेक्षाकृत सुधार हुन नसकेको उहाँको भनाइ छ ।
.

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy