Ads

Sunday, September 11, 2016

मुसाको परीक्षण गर्दा स्क्रब टाइफस सार्ने किरा भेटियो

Posted By: Samsung - 8:42 PM

Loading...


भदौ २७, काठमाडौं । चितवनमा गरिएको अध्ययनबाट मुसामा स्क्रब टाइफसको रोग सार्ने माइट नामको किरा भेटिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेका अनुसार १० वटा मुसाको परीक्षण गर्दा सातवटामा माइट पाइएको हो । संक्रमित मुसाको रगत र स्क्रब टाइफस रोग लागेका बिरामी र उनीहरुको वरपरका मानिसको रगत परीक्षणका लागि सोमबार प्रयोगशाला पठाउने तयारी छ ।


Loading...
जनस्वास्थ्य अधिकृत लामिछानेले काठमाडौंको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र कोटेश्वरमा रहेको प्रयोगशालामा रगतको नमूना परीक्षण हुने बताउनुभयो ।स्क्रब टाइफसका कारण यो वर्ष सात जनाको ज्यान गइसकेको छ । २३९ जना बिरामी छन् । स्क्रब टाइफस रोग चितवनमा धेरै देखिएको छ । संक्रमित दुई सय ३९ जनामध्ये एक सय ९९ जना चितवनका छन् । अध्ययन टोलीले रोग प्रभावित चितवनका ७० जनाको रगतको नमूना लिएको छ ।  

स्क्रब टाइफसको अवस्था पत्ता लगाउन चितवनमा मुसाको अध्ययन गरिएको हो । शारदानगर, पार्वतीपुर, शङ्कर चोक र विकास चोकमा विशेष गरी अध्ययन भइरहेको जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले बताउनुभयो ।लामिछानेको नेतृत्वमा किटजन्य रोग विज्ञ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सुरुवा रोग अस्पताल टेकु र जनस्वास्थ्य कार्यालयका विज्ञसहितको टोलीले अध्ययन गरिरहेको हो ।  स्क्रब टाइफसको सङ्क्रमण ३२ जिल्लामा देखिएको छ । चितवनमा अध्ययन सकेपछि अरु जिल्लामा पनि थाल्ने तयारी छ ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy