Ads

Monday, September 26, 2016

विवाहित युवा युवतीमा अझै परिवार नियोजन साधन प्रयोगमा कमी,कारण के हो त ?

Posted By: Samsung - 5:29 AM

Loading...

असोज १०, काठमाडौँ । सरकारले परिवार नियोजनसम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन गरेपनि कम उमेरमै विवाह गर्ने र छिट्टै बच्चा जन्माउने किशोरीको सङ्ख्यामा कमी आउन सकेको छैन । कम उमेरमा विवाह गर्ने किशोर–किशोरीले परिवार नियोजनका साधन कम प्रयोग गर्ने गरेको तथ्याङ्क परिवार स्वास्थ्य महाशाखासँग छ । 

सबै स्थानमा सहजरुपमा यस्ता साधन उपलब्ध नहुने, साधनप्रतिको नकारात्मक धारणा, सेवाको गुणस्तरीयतामा कमी, दम्पती अलग बस्ने क्रममा वृद्धि र आकस्मिक परिवार नियोजन तथा सुरक्षित गर्भपतनको सेवाका कारण धेरैले परिवार नियोजनको साधन प्रयोग नगर्ने गरेको महाशाखाको अनुमान छ । 
सन् २०१४को मल्टिपल इन्डिकेटर क्लस्टर सर्वे (एमआइसिएस) को सर्वेक्षणअनुसार कम उमेरमा बिहे गरेका किशोर–किशोरीमा परिवार नियोजन साधनको प्रयोग दर निकै कम रहेको पाइएको छ । 

सर्वेक्षणमा १५ देखि १९ वर्षका १९ प्रतिशत विवाहित किशोरीले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको पाइएको थियो भने १५ देखि ४९ वर्षसम्मका ५० प्रतिशतले विभिन्न प्रकारका परिवार नियोजनका साधन अपनाएको र ४७ प्रतिशतले आधुनिक किसिमका यस्ता साधन प्रयोग गर्ने गरेका देखिन्छ । 

परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा आरपी विच्छा कम उमेरमा बिहे गरेका किशोर–किशोरीलाई परिवार नियोजनको साधन प्रयोग गर्न अभिप्रेरित गरी आमा र बच्चाको जीवन रक्षा गर्नुपर्नेमा जोड दिनुहुन्छ । यसका लागि पर्याप्त कार्यक्रम र जनचेतना वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ । किशोरी अवस्थामा हुने गर्भका कारण मातृ मृत्युदर २० वर्षभन्दा माथिका महिलामा भन्दा दोब्बर हुने सम्भावना रहने निर्देशक डा विच्छाको निश्कर्ष छ 
नेपालका अझै पनि १७ जिल्लामा परिवार नियोजनको साधन प्रयोगदर ३० प्रतिशतभन्दा कम रहेको पाइएको समेत उहाँ बताउनुहुन्छ । 
किशोर–किशोरीले परिवार नियोजनको साधन प्रयोग गरेमा किशोरावस्थामा हुन सक्ने गर्भमा नियन्त्रण तथा त्यसबाट हुने मृत्युलाई समेत रोक्न सकिने, अनिच्छित गर्भपतन गराउनु पर्ने अवस्थालाई कम गर्न सकिनेलगायतका फाइदा हुने गर्छ । सरकारले परिवार नियोजनसम्बन्धी पाँच वर्षीय कार्ययोजना सन् २०१५–२०२०० मा सन् २०२० सम्ममा कुल प्रजनन दरलाई २.१ मा पु¥याउने र परिवार नियोजन सेवाको आधुनिक साधनको प्रयोग दर ५० प्रतिशतमा पु¥याउने लक्ष्य लिएको छ ।

कृपया भिडियो हेर्नको लागी तल क्लिक गर्नुहोला

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy