Ads

Saturday, September 24, 2016

यस वर्षको दशैेंमा टीकाको उत्तम साइत बिहान पौने नौ

Posted By: Samsung - 7:56 AM

Loading...


आश्विन ८, काठमाडौं ।नेपाल पञ्चांग निर्णायक समितिले यो वर्षको दशैें टीकाको उत्तम साइत आगामी असोज २५ गते मंगलवार बिहान पौने नौं बजे रहेको जनाएको छ । नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले टीकाको उत्तम साइत ८ बजेर ४५ मिनेटमा रहेको जानकारी दिनुभयो । उत्तम साइत पौने ९ बजे भएपनि विजयादशमीका दिन दिनभरी नै टीका लगाउन र आर्शिवाद ग्रहण गर्न सकिने समितिले जनाएको छ । सोही दिन बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजन गरेपछि टीकाको साइत हुने उहाँले बताउनुभयो ।  यस्तै घटस्थापनाका लागि १५ गते शनिवार बिहान ८ बजेर ३५ मिनेटमा रहेको जानकारी दिदै गौतमले असोज १६ गते बिहान ८ बजेर ३७ मिनेटमा नेपाली सेनाका लागि झण्डा परिवर्तन गर्ने साइत रहेको बताउनुभयो । फूलपातीका लागि भने २२ गते बिहान ७ बजेर २९ मिनेटमा उत्तम साइत रहेको निर्णायक समितिको भनाई छ । 

कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy