Ads

Wednesday, September 14, 2016

दुई सय वर्षको प्रयासपछि आमाबिना बच्चा जन्माउन सकिने नयाँ संभावना उजागर

Posted By: Samsung - 6:30 PM

Loading...


यसले लोप हुने अवस्थामा पुगेका पशुपक्षीको संरक्षणमा सहयोग पुग्ने अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । यसलाई मानिसको प्रजनन् स्वास्थ्य समस्याको उपचारको रुपमा पनि प्रयोग गर्न सकिने उनीहरुको भनाई छ । मुसामा गरिएको अध्ययनबाट यस्तो देखिएको हो । बेलायतको युनिभर्सिटी अफ बाथका वैज्ञानिकले पोथीको डिम्ब वा अण्डा बिना नै शुक्रकिटलाई भ्रुणमा परिणत गरी स्वस्थ मुसा जन्माएका छन् । यसले बच्चा जन्माउनका लागि पोथीको अण्डा वा डिम्ब अनिवार्य नरहेको भन्ने देखाएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । अण्डा वा डिम्बको सट्टा छाला वा अरु अंगका कोष प्रयोग गर्न सकिनेछ । छाला तथा अरु अंगका विशेष कोषबाट बनाइएको अण्डामा शुक्रकिट राखेपछि भ्रुण बनाउन सकिएको अनुसन्धानकर्ता डा. टोनी पेरीले बताए ।
झण्डै दुईसय वर्षको प्रयासपछि यसमा सफलता पाएको र थप अनुसन्धानको खाँचो रहेको पेरीले बताए । अनुसन्धानले दुई पुरुषले पनि बच्चा जन्माउन सक्ने देखिएको छ । यसका लागि एकको विशेष कोष डिम्ब बनाउनका लागि प्रयोग गरिने र अर्कोको शुक्रकिट त्यसमा राखेपछि भ्रुण बन्ने वैज्ञानिक पेरीले बताए । वा एउटै पुरुषको शुक्रकिट र विशेष कोष प्रयोग गरेर पनि बच्चा जन्माउन पनि सकिने छ ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy