Ads

Monday, September 19, 2016

फुस्रेखोलाको कटानले दोबिल्लामा १५ घर जोखिममा

Posted By: Samsung - 7:20 PM

Loading...


असोज  ४, पोखरा । पोखरा र आसपासका क्षेत्रमा केही दिनयता परेको अविरल वर्षाका कारण पोखरा–१७ स्थित दोबिल्लामा रहेका विभिन्न सङ्घसंस्थासहित सिङ्गो बस्ती जोखिममा परेको छ । 

दोबिल्ला भएर बग्ने फुस्रेखोलाको कटानले गर्दा १५ घरको बस्तीसहित पक्की पुल जोखिममा परेको हो । स्थानीयवासी कमल गिरीका अनुसार दोबिल्ला क्षेत्रमा रहेका आफ्नो, धर्मबहादुर क्षेत्री, भूपेन्द्र गिरी, प्रताप राना, तारा गिरी, भीमकुमारी परियार, खेमसिंह गिरी, रेशम गिरी, होमबहादुर राना मगर, कमानसिंह गुरुङ, बुद्धिसागर पौडेल, दीपक अधिकारी, सरस्वती छन्त्याल लगायतका घर उच्च जोखिममा छन् । 

“फुस्रेखोलाको पूर्वपट्टिको भाग कटानका कारण पहिरो गएको छ,” उहाँले भन्नुभयो, “पहिरो जान थालेपछि स्थानीयवासी डरका कारण रातभर जाग्राम बसेका छन्, किनारमा रहेको प्रतीक्षालय चर्केको अवस्थामा छ, कतिपय घरका शौचालयलगायत अन्य संरचना भत्केका छन् ।” 

खोलामाथिको पोखरा–१७ र २३ जोड्ने पक्की पुलको पूर्वपट्टिको भाग केही खसिसकेको जानकारी दिँदै गिरीले पुल र बाटो जोखिमपूर्ण बनेपछि स्थानीयवासीले ठूला यातायातका साधन सञ्चालनमा रोक लगाएको बताउनुभयो । 

स्थानीयवासीले कटान नियन्त्रणका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् । बेलैमा सरकारले ध्यान नपु¥याए फुस्रेखोला र सेतीनदी बीचको क्षेत्रमा रहेका चर्च, सहारा एकेडेमी, ओशो तपोधाम लगायत स्थान जोखिममा पर्ने गिरीको भनाइ छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् :

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy